शुक्रबार, बैशाख १४, २०८१

एमाले अध्यक्ष ओली नेतृत्वको गठबन्धन सरकार तेस्रो पटक विस्तारित

उपप्रधानमन्त्री मात्रै ६ जना , नवनियुक्त उपप्रम  र मन्त्रीको पद तथा गोपनीयताको शपथ

248774461 काठमाडौ कात्तिक १९ ,नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज आफु नेतृत्वको गठबन्धन सरकार तेस्रो पटक विस्तार गरेको छ । आज विस्तार गरिएको मन्त्री मण्डलसंगै सरकामा एमालेले प्रधानमन्त्री र उपप्रधानमन्त्री सहित ९, एमाओवादीले उपप्रधानमन्त्रीसहित ८, राप्रपा नेपालले उपप्रधानमन्त्रीसहित २, मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकले उपप्रधानमन्त्री सहित २ तथा नेकपा माले र राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री सहित १- १ मन्त्रालयको जिम्मेवारी पाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारका  लागि भन्दै एमाले नेता माधवकुमार नेपाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसंग प्रधानमन्त्री निवास बालुवाटारमा बेग्ला बेग्लै विशेष छलफल गरेको थियो । प्रस्तुत छलफलमा प्रधानमन्त्री ओली प्रममा निर्वाचित भएको लामो समय भइसक्दा पनि सरकारको विस्तार हुन नसक्दा विभिन्न मन्त्रालयको काम प्रभावित बन्दै आएको र यसको लागि पनि सरकार विस्तारमा ढिलाइ गर्नु नहुँने निष्कर्षको पहिचान press - गरिएको थियो ।  यसैवीच आज विस्तारित मन्त्रीमण्डलमा   थप तीन जना उपप्रधानमन्त्री सहित मन्त्रालयको समेत जिम्मेवारी पाएका उप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री एवम् महिला तथा बालबालिकामन्त्री चन्द्रप्रकाश मैनाली र मन्त्रीलाई र उपप्रधानमन्त्री एवम सहकारी तथा गरिबी निवारण मन्त्रीमा चित्रबहादुर केसीलाइ आजै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधानमन्त्री र मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरुलाइ पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।

योसंगै ओली सरकारमा  छ जना उपप्रधानमन्त्री नियुक्त भएका छन । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले   उपप्रधानमन्त्री सहित  भौतिक पूर्वाधार तथा यातायात, राप्रपा नेपालका अध्यक्ष कमल थापाले   उपप्रधानमन्त्री सहित   परराष्ट्र र रायमाझीले   उपप्रधानमन्त्री सहित ऊर्जा मन्त्रालयको समेत  कार्यभार सम्हाल्दै  आइरहेका छन ।   त्यस्तै गरि केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाइ दिईएके छ भने सूचना तथा प्रविधिमन्त्रीमा शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र बिना विभागीय मन्त्रीमा शान्ता मानवीलाइ नियुक्त गरिएको छ। त्यसैगरी सत्य नारायण मण्डललाई युवा तथा खेलकुद, रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसङ्ख्या, विश्वेन्द्र पासवानलाई विज्ञान तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिना विभागीय ती मन्त्रीहरुको जिम्मेवारी समेत तोक्नुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रम केपी शर्मा ओली, कामु प्रधानन्यायाधीश गिरिशचन्द्र लाल उपप्रधानमन्त्रीहरु, यसअघि नियेक्त भएका मन्त्रीहरु , संवैधानिक निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसदहरुको उपस्थिति रहेको थियो ।