शनिबार, बैशाख ८, २०८१

योजना आयोगको उपाध्यक्षमा डा.खतिवडा

राम्चेमा भएको बस दुर्घटनाप्रति सरकारद्दारा दुःख व्यक्त

मन्त्रिपरिषद्को बैठक:

mantriparisadकाठमाडौ कात्तिक १८, आज बसेको मन्त्रिपरिषद्को बैठकले मङ्गलबार रसुवाको राम्चेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । उक्त घटनामा तीन दर्जन भन्दा बढि यात्रुको निधन हुनुको अलावा ४५ जना गम्भीर घाइते भएका थिए । साथै उक्त घटनामा परि निधन र घाइते भएकाहरुलाइ उचित प्रबन्ध मिलाउन सम्बिन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।

त्यस्तै आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गर्नुको अलावा राईमा जारी आन्दोलनमा परी मृत्यु भएका प्रहरी सहायक निरीक्षक थमन विक, प्रहरी हवल्दार देवबहादुर पाण्डे र सशस्त्र प्रहरी हवल्दार काशीराज कामीका परिवारलाई जनही रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाल गुणस्तर परिषद्को पुनर्गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी अस्ट्रेलियाको भियनामा नोभेम्बर ३० देखि डिसेम्बर ४ तारिखसम्म हुने संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन(युनिडो) सम्मेलनको १६औँ सत्रमा उद्योग मन्त्री सोमप्रसाद पाण्डेलाई सहभागी हुन स्वीकृत प्रदान गर्दै संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको आरोहण सलामी दस्तुर तथा फोहोरमैला व्यवस्थापन धरौटी मिनाहा गर्ने प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको सरकार प्रवक्ता अग्नी खरेलले जानकारी दिनुभएको छ ।