शनिबार, बैशाख १५, २०८१

यस्तो छ राष्ट्रपति डा.यादवले बडादसैँको अवसरमा दिनुभएको शुभकामना

काठमाडौ कात्तिक ५, बडादसै२०७२ का अवसरमा राष्ट्रपति डा यादवले आज जारी गर्नु भएको शुभकामना सन्देशमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै सात दशक पुरानो राष्ट्रिय सपना भर्खरै साकार भएको र मुलुकमा नयाँ संविधान जारी भएसँगै आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रीत हुने बाटो खुलेको बताउनुभएको छ । त्यस्तै उहाँले आफ्नो सन्देशमा विद्यमान प्रमुख राजनीतिक Dr-Ram-baran-Yadavमुद्दा निरूपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

साथै उहाँले सन्देशमा संविधान निर्माण आफैँमा एउटा निरन्तर प्रक्रिया भएको र यसको अभ्यास तथा कार्यान्वयन गर्दै अघि बढ्दा यो थप परिष्कृत, समावेशी र न्यायपूर्ण हुँदै जाने भन्दै नेपालको नयाँ संविधान देशमा संविधानवाद र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्दै नेपालबाट सबै प्रकारका विभेद, अन्याय र शोषणलाई अन्त्य गर्न सफल हुने विश्वास गर्दै भन्नुभएको छ, नयाँ संविधानको कार्यान्वयनसँगै झण्डै एक दशकअघि सुरु गरिएको शान्ति प्रक्रिया टुङ्गिएको छ भने जनआन्दोलनका उपलब्धि बनेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले संस्थागत स्वरूप प्राप्त गरेका छन् ।

त्यस्तै संविधानले हिमाल, पहाड, तराई, मधेश या पूर्व–पश्चिममा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र, जातजाति र समुदायबीच आपसी भाइचारा कायम गर्न उल्लेख्य योगदान दिन सफल रहोस् भन्ने कामना समेत गर्नुभएको छ ।  त्यस्तै सन्देशमा विनाशकारी महाभूकम्पले फैल्याएको सन्त्रास र क्षतिबाट मुलुकको ठूलो भू–भाग अद्यापि आक्रान्त रहिरहेकै अवस्थामा देशको तराई, मधेश आन्दोलित र अशान्त हुन पुगेको तथा निरन्तरको बन्द, हड्ताल र असुरक्षाले तराई, मधेशका जनताको जीवनयापन अत्यन्त कष्टकर हुँदै गइरहेको स्मरण गराउँदै उहाँले लाखौँ बालबालिकाको पढाइ बर्बाद भएको, सिङ्गो मुलुककै उद्योग, कलकारखाना, बैंक–वित्तीय प्रणाली र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्न थालेकामा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुको अलावा लोकतन्त्रमा विरोध, हड्ताल र आन्दोलनलाई स्वभाविक प्रक्रियाका रूपमा लिइन्छ । विरोध र आन्दोलनको स्वरूप भने सधैंँ लोकतान्त्रिक र शान्तिपूर्ण हुनुपर्ने हुन्छ । आन्दोलनकारीप्रति राज्यका व्यवहार पनि संयमित र सहिष्णु हुनु अति जरुरी रहेको बताउँनुभएको छ ।