शुक्रबार, चैत्र १६, २०८०

विकासको नयाँ कार्ययोजना पेस गर्न प्रम ओलीको निर्देशन

काठमाडौ कात्तिक २,  प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुलुकमा विधान जारी भइसकेको अवस्थामा अव मुलुकको स्थायी समृद्धिको लागि विकासको मार्ग अख्तियार गर्नु पर्ने भन्दै विकासको नयाँ कार्ययोजना आगामी कात्तिक मसान्तसम्म तयार गरेर पेस गर्न निर्देशन दिनु भएको छ ।
images (40)सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्रीद्वारा सचिव, सहसचिव तथा विशिष्ट श्रेणीका अधिकृतलाई यस्तो निर्देशन दिनु भएको हो । साथै उहाँले त्यस क्रममा कर्मचारीतन्त्रमा राजनीतिकरण हुन नहुने स्पष्ट पार्दै जारी संविधानको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कानुन पनि जतिसक्दो छिटो बनाउनुपर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै प्रशासनिक सेवा प्रवाह र कृषिलाई आधुनिकीकरण गरी कृषिका आधारित उद्योग स्थापना गर्नुपर्ने, शिक्षा क्षेत्रअन्तर्गत चिकित्सा क्षेत्रमा आवश्यकता कति हो वा अन्य क्षेत्रमा कति आवश्यक जनशक्तिअनुसार योजना बनाउनसमेत प्रम ओलीले निर्देशन दिनुभएको छ ।