सोमवार, बैशाख १७, २०८१

दशगजाको पुलमा बसेर नेपाली जनतालाई  दु:ख दिनु आफैमा तर्क संगत प्रसंग होइन : प्रम ओली

काँग्रेसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौ कात्तिक १,  प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्षका सबै मागलाई सम्भव भएसम्म सम्बोधन गर्ने बताउँदै दशगजाको पुलमा बसेर नेपाली जनतालाई दु:ख दिनु आफैमा तर्क संगत प्रसंग नभएको भन्दै वार्तामा आउनुस , वार्ताबाटै समस्याको समाधान खोजौँ, सम्भव भएसम्म सबै माग पूरा गर्ने सरकारको प्रयास रहने बताउँनु भएको छ ।
images (37)गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को सातौँ अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको समापन समारोहलाई शनिवार सम्बोधन गर्दै यो वा त्यो बहानामा समस्या सिर्जना गर्दै जानु भन्दा समाधानको बाटोमा लाग्न आन्दोलनरत दललाई यस्तो आग्रह गर्नुभएको हो ।  साथै उहाँले सम्बोधनकै क्रममा विगतमा जसरी सबैदलहरु एकाकार भएर मुलुकमा संविधान जारी गरियो त्यसरीनै अव पनि राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीको निर्वाचनमा जेभयो भयो भन्दै नेपाली काँग्रेसलाइ सम्मानपूर्वक रुपमा सरकारमा सहभागी हुन आग्रह समेत गर्नु भएको छ । साथै राष्ट्र अप्ठ्यारोमा परेका बेला सव दल एकाकार भएर जानुपर्नेमा विशेष जोड दिदै जारी संविधानले एनआरएनएले उठाएका मागलाई सम्बोधन गरेको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रमका अर्का वक्ता एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले देश र जनताप्रति आफू चिन्तित रहेको बताउँदै आगामी दिनमा सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै  प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो आकाङ्क्षा नभए पनि पार्टीको निर्णयअनुसार मैले उम्मेदवारी दिएको हुँ । त्यो बाध्यात्मक परिस्थितिको उपज थियो, प्रजातन्त्रका लागि निर्वाचनमा सहभागी भएको बताउँनु भएको थियो । एनआरएनएको सातौँ अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।