शनिबार, बैशाख १५, २०८१

एमाले अध्यक्ष ओली ३३८ मत प्राप्त गर्दै मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौ आश्विन २४ , मुलुकमा व्यवस्थापिका संसदको आजको बैठकमा नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्रीको लागि भएको निर्वाचनमा नेकपा Koirala-Oliएमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३८ मत प्राप्त गर्दै नयाँ ३८औँ प्रधानमन्त्रीको वरिताक्रममा आफ्नो नाम लेखाउँन  सफल निर्वाचित हुनुभएको छ भने अर्का उम्मेदवार काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गर्नुभएको थियो ।  संसद बैठकमा मतदान हुँदै गर्दा कुल ५८७ जना सांसद उपस्थित रहनु भएको थियो ।

त्यस्तै निर्वाचनको क्रममा ओलीको पक्षमा नेकपा एमालेका १८३ सांसद, एमाओवादीका ८३, राप्रपा नेपालका २५, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका १४ संसदले मतदान गर्नुभएको थियो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा  मालेका  ५, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, मधेस समता पार्टी नेपालका एक, नेपाः राष्ट्रिय पार्टी, नेकपा संयुक्तका तीन सांसदले पनि ओलीलाई मतदान गर्नुभएको थियो ।