बिहिबार, बैशाख १३, २०८१

आज बहुमतीय प्रक्रियाद्वारा मुलुकको ३८औं प्रधानमन्त्रीको चयन हुँदै

को बन्छ नयाँ प्रधानमन्त्री: काँग्रेस सभापति कोइराला कि एमाले अध्यक्ष ओली ?

काठमाडौं आश्विन २४, व्यवस्थापिका–संसदको आज बस्ने बैठकले बहुमतीय प्रक्रियाद्वारा मुलुकको ३८ औं प्रधानमन्त्रीको चयन गर्दैछ। बिहान ११ बजे डाकिएको संसद बैठकले नयाँ प्रधानमन्त्री निर्वाचन गर्ने भएको हो । प्रधानमन्त्रीका लागि संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइराला र Koirala-Oliएमाले अध्यक्ष केपी शर्मा ओलीचुनावी म्रदानमा आएक छन । शनिबार दिउँसो २० महिनासम्मको गठबन्धन तोड्दै व्यवस्थापिका–संसद भवन, नयाँ बानेश्वर पुगेर दुवै नेताले उम्मेदवारी दर्ता गराएका हुन्। एमाले अध्यक्ष ओलीले विगतमा भएको सहमतिका आधारमा आफूले उम्मेदवारी दिएकाले कांग्रेसले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्दै गर्दा पार्टीको निर्णय र प्रजातान्त्रिक मूल्य र मान्यता अनुरुप आफुले उम्मेदवारी दिएको कांग्रेस सभापति सुशील कोइरालाले बताउँनु भएको छ ।

आज हुने मतदानमा संसदमा तत्काल कायम रहेको संख्याको बहुमत ल्याउनुपर्नेछ। अहिले व्यवस्थापिका संसदमा जम्मा ५ सय ९८ सांसद छन्। प्रधानमन्त्री चुनिनका लागि कम्तीमा ३ सय मत प्राप्त गर्नुपर्ने हुँन्छ । यद्यपी बहुमतीय प्रक्रिया भएका कारण गणीतीय खेल अनुरुप अहिलेसम्मको आँकडा हेर्ने हो भने नेकपा एमालेका अध्यक्ष ओलीको समर्थनमा पार्टीका सभासद, एमाओवादी अध्यक्ष प्रचण्ड र राप्रपा नेपाल र छन । त्यस्तै नेमकिपाले पनि मतदान गर्ने आश्वासन दिएको छ भने । नेपाली कांग्रेसले भने मधेसी दलको समर्थन खोज्ने प्रयास गरिहरहेको छ।

व्यवस्थापिका संसदमा हुने मतदानमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत कायम हुन नसके पुनः निर्वाचनका लागि अर्को मिति तोकिन्छ। तीनपटकसम्म पनि निर्वाचित हुन नसकेमा नियमावलीमा पुनः प्रक्रिया सुरु गर्नुपर्नेव्यवस्था रहेको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ ।