बिहिबार, बैशाख १३, २०८१

सभामुख नेम्वाङ सहितको टोली शीतल निवासमा,नवनिर्वाचित प्रम ओलीको शपथ सोमवार

राष्ट्रपतिलाई प्रधानमन्त्री निर्वाचनको जानकारी गराइयो

काठमाडौ आश्विन २४,   व्यवस्थापिका संसदको आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि भएको सनर्वाचनबाट प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको जानकारी सभामुख सुवास नेम्वाङले आज साँझ शीतल निवास पुगेर राष्ट्रपति डा रामवरण यादवलाई जानकारी गराउनुभएको छ ।  संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईसहित राष्ट्रपति भवन पुग्नु भएका सभामुख नेम्वाङले व्यवस्थापिका–संसद्को बैठकमा भएको प्रधानमन्त्री निर्वाचनको प्रक्रिया र परिणामबारे जानकारी गराउँनु भएको हो ।

 यसैवीच नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई राष्ट्रपति डा यादवले भोलि सोमबार दिउँसो १ बजे शीतल निवासमा शपथग्रहण गराउने कार्यक्रम तय भएको पनि उहाँले जानकारी दिनुुभएको छ ।