शनिबार, बैशाख १५, २०८१

उपराष्ट्रपति निर्वाचनको सरगर्मी सुरु

काठमाडौं कात्तिक ११, आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका लागि आज व्यवस्थापिका संसदमा भएको निर्वाचनबाट गणतन्त्र नेपालको Untitled-1दोस्रो राष्ट्रपतिमा नेकपा एमालेकी उपाध्यक्ष ल्याएर विद्यादेवि भण्डारी ३२७ मत प्राप्त गर्दै निर्वाचित भएसंगै अव उपराष्ट्रपति पदको निर्वाचनको सरगर्मी सुरु भएको छ ।

आगामी शनिवार अर्थात कात्तिक १४ उपराष्ट्रपति पदको निर्वाचन हुँने छ । उपराष्ट्रपतिको निर्वाचनमा एमाओवादीको तर्फबाट नन्दकिशोर पुन र प्रमुख प्रतिपक्ष नेपाली काँग्रसको तर्फबाट अमिनकुमार यादवलाइ उम्मेदवार बनाइएको छ । अन्य दलका तर्फबाट भने उपराष्ट्रपतिको उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन । त्यसोत व्यवस्थापिका–संसद् सचिवालयले यसअघि उपराष्ट्रपति पदको निर्वाचन पनि आजकै लागि तय भएकोमा सभामुख ओनसरी घर्तीले विशेष कारणवशग्लतष्तभिम९ज्ञ भन्दै उक्त पदको निर्वाचनको मिति १४ गते शनिबार बिहान ११ बजे गर्ने गरी मिति र समय संशोधन गर्न निर्देशन दिनुभएको थियो । सभामुखको निर्देशन पछि सचिवालयले जारी गरेको निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति पदमा राजनीतिक सहमति कायम नभएमा १३ गते १० देखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, १ः३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, २ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ । त्यसैगरी उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली सोही दिन ३ बजे प्रकाशन गर्ने, १४ गते शनिबार बिहान ११ देखि २ बजेसम्म गोप्य मतदान हुने, २ः३० बजे मतगणना, ४ः४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष पेस गर्ने र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख रहेको छ ।