शनिबार, बैशाख ८, २०८१

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवको विदाइ र नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ बिहीबार

राष्ट्रपति डा यादवद्दारा नवनिर्वाचित राष्ट्रपति भण्डारीलाइ बधाई
सरकारले बिहीबार राष्ट्रपति यादवको बिदाइमा एक विशेष समारोहको आयोजना गर्ने

काठमाडौ कात्तिक ११, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विहिवार शीतल निवास छोड्नु हुँने बुझिएको छ । बुधवार व्यवस्थापिका संसदको बैठकमा मुलकको दोस्रो राष्ट्रपतिको लागि भएको निर्वाचनमा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी ३सय २७ मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएसंगै y bप्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति निवास छोड्ने तयारी गर्दै ललितपुरको बागडोलस्थित भाडाको घरमा सर्ने तयारी गर्नु भएको हो ।

यसैवीच नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आफ्नो पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ । दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिनुहुनेछनवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ पछि एमालेका अध्यक्ष केपीओली नेतृत्वको गठबन्धन सरकारले प्रथम राष्ट्रपति यादवको बिदाइ कार्यक्रमको आयोजना गरे लगत्तै प्रथम राष्ट्रपति यादव साँझ बागडोल सर्नुहुने थाहा भएको छ ।

यसैवीच राष्ट्रपति पदको लागि आज भएको निर्वाचन पछि साँझ बसेको व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति निर्वाचनको परिणामको औपचारिक घोषणा गर्दै विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नुभएसंगै राष्ट्रपति डा रामवरणले टेलिफोन गरी नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाई दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । त्यस क्रममा राष्ट्रपति डा यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्र्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।