शनिबार, बैशाख ८, २०८१

गणतन्त्र नेपालको राष्ट्रपतिमा एमालेकी उपाध्यक्ष विद्यादेवि भण्डारी ३२७ मत प्राप्त गर्दै निर्वाचित

मतदानमा ४७ सांसद् अनुपस्थित,पाँच सय ४९सांसद्द्दारा मतदान,८ मत बदर
राष्ट्रपतिका अर्का उम्मेदवार कुलबहादुर गुरुङलाइ २१४ मत

-श्रीजन झा

काठमाडौ कात्तिक  ११ , संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका लागि आज व्यवस्थापिका संसदमा भएको निर्वाचनबाट गणतन्त्र नेपालको bidhyaदोस्रो राष्ट्रपतिमा नेकपा एमालेकी उपाध्यक्ष ल्याएर विद्यादेवि भण्डारी ३२७ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । यो जित संगै उनी नेपालको पहिलो महिला राष्ट्रप्रमुख बनेकी छन् ।

त्यस्तै राष्ट्रपतिका अर्का उम्मेदवार प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङले भने २१४ मत पाएको थियो । हाल संसदमा कायम ५९७ सदस्य मध्ये ५४९ मत खसेको थियो । त्यस्तै मधेसी मोर्चामा आवद्ध दलहरुले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका थिए ।

संसद्मा हाल कायम रहेका ५९७ सदस्य मध्ये ५४९ जनाले मतदानमा भाग लिनुभएको संसद् सचिवालयले जनाएको छ । त्यस्तै  सचिवालयका अनसार  मतदानमा ४७ सांसद् अनुपस्थित रहनुको  अलावा  खसेको ५४९ मते ५४१ मद सदर र ८ मत बदर भएको छ बताइएको  छ ।  यसको  औपचारिक घोषणा   आज साँझ बस्ने  संसद बैठकमा  हुँने बताईएको  छ

उपराष्ट्रपति पदको निर्वाचन कात्तिक १४ गते

अव आगामी शनिवार अर्थात कात्तिक १४ उपराष्ट्रपति पदको निर्वाचन हुँने छ । उपराष्ट्रपतिको निर्वाचनमा एमाओवादीको तर्फबाट नन्दकिशोर पुन र प्रमुख प्रतिपक्ष नेपाली काँग्रसको तर्फबाट अमिनकुमार यादवलाइ उम्मेदवार बनाइएको छ । अन्य दलका तर्फबाट भने उपराष्ट्रपतिको उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन । त्यसोत व्यवस्थापिका–संसद् सचिवालयले यसअघि उपराष्ट्रपति पदको निर्वाचन पनि आजकै लागि तय भएकोमा सभामुख ओनसरी घर्तीले विशेष कारणवशUntitled-1 भन्दै उक्त पदको निर्वाचनको मिति १४ गते शनिबार बिहान ११ बजे गर्ने गरी मिति र समय संशोधन गर्न निर्देशन दिनुभएको थियो । सभामुखको निर्देशन पछि सचिवालयले जारी गरेको निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति पदमा राजनीतिक सहमति कायम नभएमा १३ गते १० देखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, १ः३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, २ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ । त्यसैगरी उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली सोही दिन ३ बजे प्रकाशन गर्ने, १४ गते शनिबार बिहान ११ देखि २ बजेसम्म गोप्य मतदान हुने, २ः३० बजे मतगणना, ४ः४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष पेस गर्ने र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख रहेको छ ।