शनिबार, बैशाख २९, २०८१

गोपालदास पत्रकारिता पुरस्कारबाट” पत्रकार चेम्जोङलाई सम्मानित गरिदै

काठमाडौ आश्विन ६, प्रेस काउन्सिल नेपालले आफ्नो स्थापना कालको ४६ औँ वार्षिकोत्सवको अवसरमा वर्ष ०७२को ‘गोपालदास पत्रकारिता पुरस्कार आज एक विशेष कार्यक्रमकावीच पत्रकार कौशल चेम्जोङलाई प्रदान गर्दैछ ।
Kaushal-Chemjong1यस्तै प्रस्तुत कार्यक्रममा काउन्सिलले १३ जना वरिष्ठ पत्रकार क्रमस पन्नालाल गुप्ता, मणिराज उपाध्याय, मदनमणि दीक्षित, कमल कोइराला, हिरण्यलाल श्रेष्ठ, इन्द्रकान्त मिश्र, कृष्णा ताम्राकार, पे्रमकुमारी पन्त, राजेश्वर नेपाली, शिवप्रसाद देवकोटा, अमृता लम्साल र बारबरा एडम्सलाइ पनि सम्मानित गर्दैछ ।

यस्तै काउन्सिलले यस वर्षको आचारसंहिता पुरस्कार रेडियो नेपाललाइ, साहित्यिक पत्रकारिता पुरस्कार ‘दायित्व द्वैमासिक र ‘दोभान’ त्रैमासिकलाइ, प्रेस काउन्सिल स्तम्भ लेखन’ पुरस्कार पत्रकार चक्रपाणि नेपाललाइ र भाषागत पत्रकारिता पुरस्कारबाट छारगोमा मासिकलाइ सम्मानित गरिने जनाएको छ ।