मङ्लबार, बैशाख ११, २०८१

लोकतन्त्रको सर्वोत्तम विधी आँगालेर अगाडि बढ्न युनियनको अपिल

  नेपालको संविधान २०७२ जारी गरेकोमा नेपाल प्रेस युनियनद्दारा खुसी प्रकट
प्रेस स्वतन्त्रताको  सम्मान गर्दै निर्वाधरुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अवस्था सिर्जना गर्न सम्वद्ध सबै पक्षसँग युनियनको आग्रह

काठमाडौं आश्विन ५ , ६ दशक भन्दा लामो समयको प्रतिक्षा पछि सार्वभौम नेपाली जनताका प्रतिनिधिहरुले आफ्नो सार्वभौम अधिकार प्रयोग गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपालको संविधान २०७२ जारी गरेकोमा नेपाल प्रेस युनियनले खुसी प्रकट गरेको छ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलद्दारा आज एक अपिल जारी गर्दै यस्तो खुसी व्यक्त गरेको हो । त्यस्तै जारी अपिलमा गत आइतवार जारी नेपालको नयाँ संविधानले मुलुकमा विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई संघीय संरचनामा लैजाने जनचाहनालाई औपचारिक रुपमा अनुमोदन Press Union Appeal (1)गरेको गर्दै विगत ८ वर्षदेखि जारी राजनीतिक संक्रमणलाई अन्त्य गर्दै राजनीतिक स्थायित्व र मुलुकको सम्बृद्धिको बाटो समेत कोरेको उल्लेख गरिएको छ ।

साथै अपिलमा प्रस्तुत संविधानले समावेशी चरित्रको बहुलवादमा आधारित संसदीय व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, स्वतन्त्र न्यायपालिकासहितको यो संविधानले हरेक नेपालीको भविष्य सुरक्षित गर्छ भन्ने विश्वास अभिव्यक्त गर्दै देशभर नयाँ संविधानको स्वागतमा उत्सव मनाइरहेका बेला तराईका केही क्षेत्रमा हाल देखिएको समस्या समाधान हुन नसक्नु पक्कै पनि दुखद् भएको जिकिर सहित तराईका केही स्थानमा सुनिरहेका असन्तुष्टिलाई सम्बोधन गर्दै नयाँ संविधानलाई सबै क्षेत्रका नेपाली जनताले अपनत्व र स्वामित्व ग्रहण गर्ने परिस्थिति निर्माणका लागि आवश्यक पहलकदमी लिनु प्रमुख दलसहित तराईवाट प्रतिनिधित्व गर्ने मधेशी दलको सकारात्मक भूमिकाको अपेक्षा गरिएको छ ।

त्यस्तै संविधानमा अधिकांश विषय समेट्ने प्रयास गर्दागर्दै पनि कतिपयका चाहना र एजेण्डा छुटेका हुन सक्छन् । तर, संविधान अपरिवर्तनीय दस्तावेज होइन । त्यसअर्थम पनि संविधान निर्माणबाट असन्तुष्ट ती पक्ष र समूहलाई लोकतन्त्रको यहि सर्वोत्तम विधी आँगालेर जनताबीच जान र मुलुकको समृद्धिमा सहभागि हुन नेपाल प्रेस युनियन हार्दिक अपिल गर्दै तराई–मधेशमा जारी संघर्षका क्रममा पत्रकारहरुमाथि भइरहेका आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यकातर्फबाट भएका दमन होस् या आन्दोलनकारीका तर्फवाट होस्, यस्ता प्रेस विरोधी गतिविधि तत्काल बन्द गरिनु पर्छ । प्रेस स्वतन्त्रताको उच्च सम्मान गर्दै निर्वाधरुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अवस्था सिर्जना गर्न सम्वद्ध सबै पक्षसँग युनियनले आग्रह गरेको छ ।