शुक्रबार, बैशाख १४, २०८१

लोकतन्त्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण : प्रधान न्यायाधीश

अभिव्यक्तिको स्वतन्त्रतालाई बलियो बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : डा रिजाल

काठमाडौ आश्विन ६, प्रेस काउन्सिल नेपालको ४६औँ वार्षिकउत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान न्यायाधीश कल्याण श्रेष्ठले IMG_00311kalyanराष्ट्र र लोकतन्त्रको विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँनु भएको छ । यद्यपी उहाँले पत्रकारिताजगतले के भएको छ भन्ने सूचना दिनेमात्रै नभई परिवर्तनको बाहक बन्नुपर्ने उल्लेख गर्दै पत्रकारितालाई मर्यादित र गुणस्तरीय बनाउने कुरामा प्रेस काउन्सिलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा अभिव्यक्त गर्नु भएको छ ।

 त्यस्तै कार्यक्रमका अर्का वक्ता सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले पत्रकारिता जगत समाजको महत्वपूर्ण पक्ष भएको बताउँदै पत्रकारिता मर्यादित एवम् राष्ट्रिय हितका पक्षमा उभिनुपर्नेमा जोड दिदै सात दशकको अथक प्रयासबाट नेपाली जनताले आफ्ना प्रतिनिधिबाट प्राप्त गरेको संविधानको उपलब्धिलाई संस्थागत गर्नु अपरिहार्य रहेको बताउँदै अभिव्यक्तिको स्वतन्त्रतालाई बलियो बनाउन पनि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको पक्षमा जोड दिनु भएको थियो ।

त्यस्तैगरि नेपाल पत्रकार महसङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान नेपाली जनताको गर्वको विषय भएको बताउँदै यसका सम्बन्धमा सञ्चारजगतका आफ्नै असन्तुष्टि रहेर पनि नेपाली जनताले आफँै लेखेको संविधान भएका कारण महासंघले यसको स्वागत गरेको बताउँनु भएको थियो ।  त्यस्तैगरि प्रस्तुत कार्यक्रममा दलिय प्रतिनिधीहरुको तर्फबाट नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले राष्ट्रमा लोकतान्त्रिक पद्धति कायम गराउन प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउँनु भएको थियो भने एमाओवादीका स्थायी समिति सदस्य अग्नि सापकोटाले नेपालको संविधान जारीसँगै सम्भावना र चुनौती पनि सिर्जना गरेको भन्दै सम्भावना र चुनौती दवैलाई समायोजन गर्दै अघि बढ्नुपर्ने बताउनुभको थियो ।

त्यस्तै सूचना विभागका महानिर्देशक एवम् प्रेस काउन्सिल नेपालका सदस्य सचिव लक्ष्मीविलास कोइरालाले काउन्सिलबाट पत्रकार आचारसंहिता, राष्ट्रियता, पत्रकार हकहित तथा आन्तरिक सवलिकरणका पक्षमा विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिनु भएको उक्त कार्यक्रममा
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले प्रेस काउन्सिल नेपाल समग्र आमसञ्चार क्षेत्रको नियमनकारी निकाय भएकाले यसले आमसञ्चारमाध्यम तथा त्यहाँ कार्यरत सञ्चारकर्मीका समस्या र पीडा बुझ्ने गरेको बताउँदै जारी संविधानको सवालमा देखिएको असन्तुष्टिलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा काउन्सिल नेपालको आव २०७१/७२ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पत्रकारिताका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीका साथै तीनवटा सञ्चार संस्था र अग्रज सञ्चारकर्मीलाई प्रधान न्यायाधीश श्रेष्ठ र मन्त्री रिजालले सम्मान गर्नुभएको थियो । यसरी सम्मानित हुनुहुनेहरुमा क्रमस गोपालदास पत्रकारिता पुरस्कारबाट कौशल चेम्जोङ लिम्बूलाई रु एक लाख राशिसहित सम्मान गरिएको थियो । त्यस्तै इन्द्रकान्त मिश्र, मणिराज उपाध्याय, मदनमणि दीक्षित, पन्नालाल गुप्ता, हिरण्यलाल श्रेष्ठ, प्रेमकुमारी पन्त, कमल कोइराला, बारबरा एडम्स, कृष्णा ताम्राकार, राजेश्वर नेपाली, शिशुप्रसाद देवकोटा र अमृता लम्साल रहनु भएको छ भने विधागत तर्फ क्रियाशील पत्रकारिता पुरस्कारबाट इन्द्र पौडेल, रत्न आचार्य, दुर्गा अधिकारी, टङ्क कुँवर र शिवलाल यादवलाइ त्यस्तैगरि सशक्त लेखन पत्रकारिता पुरस्कारतर्फ मुकेशचन्द्र राजभण्डारी, सत्रुघन नेपाल, राजबहादुर कुँवर र वासु क्षितिज लाइ सम्मानित गरिएको थियो ।

युवा सशक्तीकरण, समावेशी पत्रकारिता , सशक्त सञ्चारकर्मी र महिला सशक्तीकरण पुरस्कारबाट क्रमस अमन कोइराला, लक्ष्मण खड्का र योगेश पोखरेल समावेशी पत्रकारिता पुरस्कारबाट त्रिभुवन पौडेल, विजयसन्तोषी राई, सुनिता रेग्मी, दिनेश यादव, नेपोलियन चेपाङ र भारती चौधरीलाई अरुण बराल, प्रेमचन्द्र झा, मोहम्मद हारुन र सत्यनारायण चौधरी पुरस्कृत शुभेच्छाबिन्दु तुलाधर, मधु शाही, माला कर्ण र कल्पना आचार्यलाई सम्मानित गरिएको थियो भने स्तम्भ लेखन विधामा शारदारमण नेपाल, चक्रपाणि नेपाल, भारती पोखरेल र रामचन्द्र शर्मा सञ्जेल पुरस्कृत हुनुभयो । भाषागत पत्रकारिता विधामा छारगोङ्मा मासिकलाई पुरस्कृत गरिएको थियो ।  यसैगरी, आचारसंहिता पत्रकारिता पुरस्कारबाट रेडियो नेपाल र साहित्यिक पत्रकारिता पुरस्कार तर्फ ‘दायित्व’ द्वैमासिक र ‘दोभान’ त्रैमासिकलाई पुरस्कृत गरियो थियो