शुक्रबार, बैशाख ७, २०८१

सञ्चारकर्मीलाइ शान्ति र विकासका सवालमा चनाखो रहन सभासद ढकालको सुझाव

 राजधानीको अनामनगरमा नेपाल पत्रकार मञ्चको केन्द्रीय कार्यालय 

काठमाडौं आश्विन ६, क्रियाशील एवं युवा पत्रकारहरुको नेतृत्वको विकासका तथा पेशागत एवम सामाजिक सुरक्षालाई प्रमुख कार्य क्षेत्र बनाएर काम गर्ने उद्देश्य सहित संघसस्थादर्ता ऐन ०३४ अन्र्तगत अस्तित्वमा आएको नेपाल पत्रकार मञ्चले राजधानीको अनामनगरमा विधिवत रुपमा स्थापना गरेको केन्द्रीय कार्यालयको बुधबार नेपाल परिवार दलका अध्यक्ष एवम् सभासद एकनाथ ढकालले उद्घाटन गर्नुभएको छ । उद्घाटनसत्रलाइ सम्बोधन गर्दै सभासद ढकालले नेपालमा दिगो शान्तिको जग पारिवारिक पृष्ठभूमिबाट शुरु हुने जनाउँदै पत्रकारिताको मूलधार शान्ति र विकासका विषयमा चनाखो रहनु पर्ने खाँचो औल्याउनु भएको थियो ।

त्यस्तै पत्रकारहरुको हकहित संरक्षण, क्षमता अभिबृद्धि गर्ने उद्देश्यले विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुको साझा मञ्चका रुपमा स्थापित नेपाल पत्रकार मञ्चले सिर्जनशील गतिविधिहरु अगाडि बढाउँदै आएको जनाउँदै मञ्चका अध्यक्ष युवराज विद्रोहीले मञ्च कसैको प्रतिस्पर्धी संस्था नभएको बताउनु भएको थियो । नेपालको बदँलिदो राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिमा पत्रकारहरुमा बिषयबस्तुप्रतिको गहिरो बुझाइ, अनुसन्धान र अध्ययनको कमी रहेको जनाउँदै मञ्चले सञ्चारकर्मीहरुलाई जिम्मेवारीकासाथ बस्तुनिष्ठ ढङ्गले समाचार निर्माण एवं सम्प्रेषण गर्न सहज बनाउन क्षमता विकास र वृत्ति विकासका क्षेत्रमा काम गर्ने मञ्चको भावी योजना रहेको छ ।  त्यस्तै मञ्चले विभिन्न जिल्लामा शाखा विस्तार र अन्तरराष्ट्रिय समान प्रकृतिका संस्थाहरुसँग भगिनी सम्बन्ध स्थापना गर्ने कामबाट योजना कार्यान्वयन गर्दै जाने त्यस अवसरमा जानकारी दिईएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031