सोमवार, बैशाख १७, २०८१

आज गणतान्त्रिक नेपालको संविधान २०७२ जारी हुँदै

काठमाडौ आश्विन ३, आज नेपालको संविधान २०७२ जारी हुँदै छ । आज विशेष कार्यक्रमका वीच घोषणा गरिने तयारी रहेको नेपालको संविधान २०७२ संविधानसभा भवन नयाँ बानेश्वरमा अपराह्न ५ बजे गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान घोषणा गर्नुहुँने छ । त्यस्तै स���विधान घोषणा समारोहमा सहभागी हुन राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका अधिकारी, पूर्वसभासद्लगायतलाई  घोषणासभामा सहभागी हुन आमन्त्रण गरिएको संविधानसभा सचिवालयले जनाएको छ ।

समारोहलाई राष्ट्रपति डाक्टर रामवरण यादवले सम्बोधन पनि गर्नेछन । घोषणा सभालाई ख्याल गरी काठमाडौंको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।संविधानसभा परिसरमा सेना, सशस्त्र र प्रहरीको विशेष सुरक्षा रहेको छ । संविधानसभा भवन परिसर बेहुलीझैँ सिँगारियो सिँगारिएको छ ।

त्यस्तै सुरक्षाका लागि सुरक्षा निकायले ६ घेराको सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएका छन्। संविधान जारी हुने दिन सम्वद्ध स्रोतले जनाएको छ । समाचार स्रोतका अनुसार आज आव्आन गरिएको बन्द असफल पार्न बन्दकर्तालाई देख्नासाथ पक्राउ गर्ने र सुरक्षाकर्मी बिहान २ बजेदेखि नै परिचालित हुने गरी व्यवस्था मिलाइएको बुझिएको छ ।