शुक्रबार, चैत्र १६, २०८०

संविधान घोषणाबारे मन्त्रिपरिषद्मा परामर्स

काठमाडौं आश्विन ३,  प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आजको बैठकमा राष्ट्रपति डा रामवरण यादवबाट ‘नेपालको संविधान, २०७२’ घोषणा गर्ने विषयमा छलफल एवम परामर्स गरिएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजालका अनुसार बैठकमा राष्ट्रपति डा यादवले संविधान प्रारम्भ pm-office-भएको घोषणा गर्ने विषयमा छलफल भएको बुझिएको छ ।

त्यस्तै बैठकमा सोमवार सरकार र राजनीतिक दलसमेतको सहभागितामा -याली एवम् भूकम्पपछिको पुनःनिर्माणको काम र बाँकी रहेको पुनःस्थानाको काम अघि बढाउँने सवालमा राजनीतिक समझदारी, कानुनी, संवैधानिक तयारी गर्ने विषयमा समेत छलफल भएको सञ्चारमन्त्री डा रिजाललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

स्मरण रहोस नयाँ संविधान जारी भएको उपलक्ष्यमा नेपाली काँग्रेस, नेकपा (एमाले) तथा एकीकृत नेकपा (माओवादी)द्वारा संयुक्तरूपमा यही आश्विन ४ गतेका दिन अपराह्न १ बजे सहिद मञ्चमा विशेष खुशीयालीसभा आयोजना गर्ने भएका छन् । खुशीयालीसभामा सहभागीताको लागि आम नागरिकलाई आह्वान गर्दै सभामा संविधानका विशेषताका बारेमा काँग्रस सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी ओली तथा नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले साझा धारणा अभिव्यक्त गर्नुहुँने बताइएको छ । त्यस्तै यस अघिनै प्रमुुख तीनदलले छुट्टा छुट्टै विज्ञप्ति मार्फत संविधान जारी भएपछि दिपावली गर्न र खुशीयालीका कार्यक्रम गर्न आग्रह गरिसकेका छन् ।