बिहिबार, बैशाख १३, २०८१

दफावार छलफलका लागि पुनःनिर्माणसम्बन्धी विधेयक ०७२ समितिमा

आजबाट संसद्को वर्षे अधिवेशन अन्त्य

काठमाडौ आश्विन २ , भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक २०७२’ लाई दफावार छलफलका लागि संसदबाट सम्बन्धित समितिमा पठाइएको छ ।  व्यवस्थापिका संसद्को आजको बैठकमा कानुन, न्याय संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले प्रस्तुत गर्नुभएको भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक २०७२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बहुमतले पारित bicc-1गरेको छ ।  सो विधेयकलाई थप परिस्कृत गर्न समितिमा पठाइएको हो । यस्तै, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिका सभापति भीष्मराज आङदेम्बेले ‘उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७२’ सदनसमक्ष पेस गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ

यसैवीच व्यवस्थापिका–संसद्को वर्षे अधिवेशन आजबाट अन्त्य भएको छ । राष्ट्रपति डा रामवरण यादवले पठाउनु भएको अधिवेशन अन्त्यसम्बन्धी पत्र आज बसेको व्यवस्थापिका–संसद्को बैठकमा सभामुख सुवास नेम्बाङले वाचन गरेर सुनाउनुभएको थियो ।  गत अषाढ १५ गते प्रारम्भ संसद्को बैठक आजसम्म जम्मा ८२ दिन चालु रह्यो । कुल ४० दिनमा ४४ पटक बैठक बसी जम्मा १४१ घण्टा २० मिनेट बसेको थिायो ।  यो अवधीमा नै सरकारको चालु आवको नीति तथा कार्यक्रम र बजेट पारित गर्नुको अलावा ३९ वटा सरकारी विधेयक दर्ता भएकोमा मा चारवटा विधेयक फिर्ता लिइएको थियो भने चार विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ ।