शुक्रबार, बैशाख १४, २०८१

आज काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं भाद्र १५ , नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । संविधानसभा भवनमा बस्ने भनिएको बैठकमा पार्टीकोे आसन्न १३ औ महाधिवेसन images (1)

तथा स्पष्टिकरण लगायत संविधानको मस्यैदामा प्रस्तावित सिमाङनका विषयमा छलफल गरिने बताइएको छ । त्यस्तै आसन्न महाधिवेसनको सवालमा कांग्रेसले संविधान संसोधन गर्न अरु दलहरुलाई आग्रह गरिसकेकाले त्यसको प्रस्तावका विषयमा पनि कुराकानी हुने नेताहरुले बताएका छन् ।

दलहरुबीच अन्तरिम संविधान संशोधन भयो भने ६ महिनाभित्र महाधिवेशन गर्ने गरी नयाँ मिति तय हुनेछ । यसअर्थमा पनि आजको काँग्रेस केन्द्रीय समितिको बैठक आफैमा महत्वपूर्ण रहेको बताइन्छ ।