बिहिबार, बैशाख १३, २०८१

काँग्रेसले परिमार्जित विधेयकमा संस्थागत रुपमा संशोधन प्रस्ताव राख्ने

आसन्न  १३ औ   महाधिवेशन अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित गर्ने तयारी

काठमाडौ  भाद्र १५,  नेपाली काँग्रेसले  नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि पार्टीका तर्फबाट संस्थागत रुपमा मात्र संशोधन प्रस्ताव राख्ने भएको छ ।   आज बसेको काँग्रेस  केन्द्रीय समितिको बैठकले गरेको निर्णयको  जानकारी दिदै पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले काँग्रेसले प्रस्तुत गर्ने संशोधन तय images (1)गर्नका लागि संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठको संयोजकत्वमा आनन्दप्रसाद ढुङ्गाना र रमेश लेखक सदस्य रहनुभएको कार्यदल गठन गरिएको जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकमा पार्टी आसन्न १३ महाधिवेशनको सवालमा पनि छलफल भएको जनाउँदै प्रवक्ता बडूले संविधान निर्माणको प्रक्रियालाई कार्यतालिका अनुसार नै अघि बढाउन पार्टीको महाधिवेशनको समय तत्काललाइ थप्नुपर्ने प्रसंगमा चर्चा भएको बताउँनु भएको छ ।  यद्यपी  केन्द्रीय समितिको बैठकले  आसन्न  १३ औ   महाधिवेशन अर्को सूचना प्रकाशित नभए सम्मको लागि भन्दै   स्थगित गर्ने तयारी  गरेको  बुझिएको छ    ।