शुक्रबार, बैशाख १४, २०८१

आजबाट संविधानसभा व्यवस्थापिका संसद्मा परिणत

काठमाडौ आश्विन ३,  नेपालको संविधान २०७२’ जारी भएसँगै आजबाट संविधानसभा व्यवस्थापिका–संसद्मा परिणत भएको छ । नेपालको संविधान, २०७२ घोषणा गर्न आज बसेको संविधानसभा बैठकको अन्त्यमा विधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा व्यवस्थापिका–संसद्मा परिणत भएको घोषणा गर्नुभएको हो ।
त्यस्तै उहाँले राष्ट्रपति डा रामवरण यादवबाट हस्ताक्षर भई जारी भएको संविधानका पाँच प्रतिमध्ये क्रमशः एक–एक ओटा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय, व्यवस्थापिका–संसद् सचिवालय र राष्ट्रिय अभिलेखालयमा राखिने जानकारी पनि त्यस अवसरमा दिनु भएको थियो ।