शुक्रबार, चैत्र १६, २०८०

गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट नेपालको संविधान-०७२ जारी भएको घोषणा

लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण तथा प्रवद्र्धन गर्न राष्ट्रपति डा. रामवरण यादवको आह्वान

श्रीजन झा /आश्विन ३ ,आइतबार राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान ९२०७२ जारी गर्नु भएको छ । संविधानसभाका् आजको बैठकमा राष्ट्रपति डाsambidhan-savaa यादवले संविधानका प्रतिहरुमा हस्ताक्षर गर्दै संविधान घोषणा गर्नु भएको हो । राष्ट्रपतिको यो घोषणा संगै नेपालको संविधान ९२०७२ आजको मितिदेखि सुरु भएको छ भने आजैका मितिदेखि अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ । संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै नेपाली र राष्ट्रको जयजयकारको कामना गर्दै देशबासीलाई शुभकामना र बधाइ ज्ञापन समेत गर्नु भएको छ ।

100संविधानसभामा प्रवेश गर्नुपहिले राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । संविधानसभा अध्यक्ष प्रधानमन्त्री तथा संसद सचिवालयका महासचिवले राष्ट्रपतिलाई स्वागत गर्नु भएको थियो ।

त्यस्तै   संविधान  लागु भएको  घोषणापछि   सम्बोधनको क्रममा राष्ट्रपति डा यादवले नेपालको संविधान २०७२ को घोषणापछि लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले मूर्तरुप लिएको बताउँदै पारस्परिक एकता, सहिष्णुता र मेलमिलापका साथ संविधानसभाबाट प्राप्त जनताका अधिकार, सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण तथा प्रवद्र्धन गर्न आह्वान गर्नु भएको छ । साथै उहाँले लोकतान्त्रिक आन्दोलनका शहिद, सहयात्री जनता र जननायकप्रति सम्मान प्रकट गर्दछु भन्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको अभ्व्यिक्ति दिदै दिगो शान्ति, राजनीतिक स्थायीत्व र समानुपातिक आर्थिक विकासको बाटोमा तिब्रताका साथ अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।