हामी मानिसको स्वभाव नै यस्तै छ कि आफ्ना कमी कमजोरी अनि गल्ती सुधार गर्नु भन्दा अरुका गल्ती अनि कमि कमजोरी मात्र औँल्याउन खोजिरहनु। सधैं हामी महिलाहरु पुरुषबाट दबिएर रहेका कुराहरु बढी गर्छौ।पुरुष प्रधान देश भएकै कारण महिला पिछडिएका हुन् भन्दै समूहमा छ्लफल पनि बेलाबखत भै नै रहेका हुन्छन् । प्राय पुरुषद्वारा गरिएका हिंसा प्रत्येक दिन समाचारका रुपमा देख्न,सुन्न अनि पढ्न पाइन्छ।गहिरिएर सोचौँ त , के महिला दबिनुको पछाडि पुरुषकै मात्र हात रहेको छ तरु वास्तवमा यथार्थ यो पनि हो कि महिला अघि बढेर केही गर्न नसक्नुको पछाडी पुरुष जति दोषी पाइएका छन् ,त्यो भन्दा बढी महिला पनि जिम्मेवार पाइएका छन् ।
छोरी हुर्किनासाथ विवाह जरुरी हुन्छ भन्ने सोच हरेक आमाबाट हट्नु जरुरी छ। बुहारी घरायसी काम गराउन मात्र होइन,विविध सीपमुलक कार्य,व्यापार,उद्योग,कार्यालयमा सक्रिय हुन सक्छन् भन्ने कुरा हरेक सासूहरुले बुझ्नु अपरिहार्य छ। छोरीलाई अथाह माया गर्ने आमाले बुहारीलाई पनि सोही माया दिन सकिन्न ररु पराइघर गएकी छोरीलाई सबैले राम्रो व्यवहार गरोस् भन्ने चाहना राख्ने आमाले आफ्नो घरमा भित्रिएकी बुहारीलाई तथानाम गाली गर्न सुहाउँछ र ? लाखौं महिला कर्मचारी विभिन्न कार्यालयका विभिन्न तहमा कार्यरत रहेका पाइन्छन् ।यसरी कार्यालयमा अधिकांस महिलामा एक अर्काको खुट्टा तान्ने प्रवृती विद्यमान रहेको पाइन्छ।यसरी कार्यालयमा पुरुष कर्मचारीले दमन गर्यो भनेर भन्न त्यो बेला मात्र सुहाउँछ,जुन बेला महिला एकता कायम भएको देख्न सकिनेछ।
एक्काइसौं शताब्दीमा लम्किरहेका हामी अझैपनी सेता साडीमा हिँडिरहेकी विधवा महिला देख्नासाथ अशुभ हुन्छ भनी मुख फर्काएर हिंड्न छोडेका छैनौँ।त्यस्तै महिला गलत बाटोमा नहिँडेपनी काम विशेषले घर ढिलो आउँदा छिमेकी दिदीबहिनी समूह बनाएर कानेखुसी गर्न अझै छोडेका छन् र रु घर ढिलो आउनासाथ या भनौँ कुनै पुरुषका साथमा हिँड्ना बित्तिकै महिलाको चरित्र माथी कुरा नबुझी प्रश्न तेर्स्याउने पनि पहिले महिला दिदी बहिनी नै हुन्छन् ।के उहाँहरुको सोचमा परिवर्तन जरुरी छैन र ?
बढ्दो आधुनिकता सँग सँगै देखिएका अँग प्रदर्श्न,बलात्कारका विविध कारण मध्ये एक रहेको स्पष्ट देखिएको छ।तर पनि हामी जानाजान अपराधका खाल्डाहरु आफैं खन्दै गैरहेका छौँ।आफ्नी छोरीलाई मिठा मिठा खाना खुवाइ महँगा विद्यालय पढ्न पठाउने साहुनीहरु,कामदारको रुपमा राखिएका नानीलाई भोको पेट काम लगाउने गरेका तथ्यहरु पनि धेरै बाहिर आए । पुरुषद्वारा हिँसा हुने गरेका घटनाहरु दैनिक जस्तो सुनिन्छ। सासुले दाइजो नल्याएकै निहुँमा बुहारीमाथी अत्याचार गर्नु,महिला भएर महिला कै अनावश्यक कुरा गरि खुट्टा तानिरहनु,बिना जानकारी लान्छना लगाउनु चाहिँ हिँसा होइन र ?
अरुबाट परिवर्तन चाहने हामी महिला,आफैँ परिवर्तन भै एक उदाहरणिय समाज निर्माणका लागि अघि पो सर्ने हो किरु एक महिलाको दुख अनि भावनाको कदर अर्को महिला गर्न सुरुवात गर्ने कि? परिवर्तन हामीबाट गरौँ …….अनि बल्ल महिला अधिकारको बारे बोल्न पनि न्यायसंगत हुनेछ।
rabina369@gmail.com