बुधबार, बैशाख २६, २०८१

भगवानको कृपा..

13-150x150 -शोभाकर पराजुली
एक जना धर्ममा साहै आस्था भएका मानिस रहेछन् । उनीलाई आफू पूर्णरुपमा उपरवालामाथि आस्थावान् भएकोले जुनसुकै संकट पनि उनैले टार्छन् भन्ने विश्वास रहेछ । हिड्दा भगवान, बस्दा भगवान, निदाउँदा सपनामा भगवान, काम गर्दा भगवान अर्थात् जति बेला पनि भगवान नै ती धर्मात्माको दिन चर्या हुन्छ । उनीले नचाहेर पनि एक दिन भगवानको परीक्षा गर्ने अवसर पाउँदछन् । ठूलो आँधिवेरी आउँदछ । समुन्द्रमा ठूलो छाल आउँदछ । मूसलधारे पानी पर्दछ । धर्मात्मा बसेको गाउँ नै डुब्न लाग्दछ । धेरै मानिसहरू त्यहाँबाट सुरक्षित स्थानमा जान्छन् । उनीले धर्म गर्ने स्थान त्यहीँ हुन्छ र उनलाई विश्वास हुन्छ कि उपरवाला त्यहाँ पनि व्यापक हुनुहुन्छ । उनलाई बचाउनु हुन्छ । पानी बढ्दै जाँदा उनी बसेको घरमा पानी आउँदछ । अरु भाग्दछन् तर उनी भन्दछन्–मलाई उपरवालाले बचाउँदछन् । पछि पानी घरको धुरीसम्म पुग्दछ । डुङगा लिएर मानिसहरु आउँदछन् र डुङगामा बस्न भन्दछन् तर उनी आफूलाई उपरवालाको कृपाले केही नहुने र आवश्यक परे उपरवालाले नै बचाउने बताउँदछन् । पानी बढ्दै गएपछि उनी घरको धुरीमा बस्नै नसक्ने हुन्छन् र जोडिएको अग्लो रुखमा सर्दछन् । उनी अग्लो रुखको टुप्पामा बसेको समयमा हेलिकप्टर उनलाई उद्धार गर्न आउँदछ ।

उनी फेरि पनि कसैको सहयोग नचाहिने र आफूलाई भगवानले नै बचाउने भनेर त्यसमा चढ्न पनि इन्कार गर्दछन् । वास्तवमा उनको भगवान भक्तिलाई मान्नै पर्ने जस्तो पनि लाग्दछ । उनको उपरवालाप्रतिको दृढ आस्था प्रबल छ । अब पानीले रुखलाई पनि डुबाउने हुन्छ । उनी पनि त्यहीँ मर्ने प्रष्ट हुन्छ । उनले त्यतिबेला भन्दछन् — हे उपरवाला, यति अगाध आस्था हुदाँहुँदै पनि भक्तलाई हेर्दा रहेनछौ । तिमी सत्यका रक्षक रहेनछौ । मेरो तिमीप्रति यति अगाध आस्था हुँदाहुँदै पनि मर्ने बनायौ । बरु पहिलानै तिम्रो भर न परेको भए म या भाग्थे, डुङ्गामा चढ्ने थिएँ वा हेलिकप्टरमा चढ्ने थिएँ । धिक्कार तिमीलाई ! उनले अन्तिमतिर विलौना गरेछन् । उपरवालाले त्यतिवेला आकाशवाणी दिएछन् — तिमी मेरो भक्त भएकोले तिमै  लागि भनेर मैले पहिला डुङ्गा पठाएँ, तिमी चढेनौ र पछि हेलिकप्टर पठाए, तैपनि तिमी चढेनौ । अब म के गरौं रु मानव हितका उपाय विविध हुन सक्छन् ।

त्यसमा विवेक प्रयोग गर्नु आवश्यक छ । त्यसपछि बिचरा भक्त डुबेर मरेछन् । उनको यो कथा काल्पनिक वा त्यसमा पनि ठाउँ अनुसार भिन्न होला, हामीलाई अविश्वसनीय लाग्नु स्वभाविक पनि हो । उपरवालाले त्यसो भन्नु सम्भव पनि छैन होला । तर यसबाट हामीले एउटा शिक्षा त लिन सक्दछौं । एउटा  तथ्यलाई हामीले भुल्नु हुदैँन, जुन अवसरबाट हामीले जुन प्रकारको फाइदा लिनु पर्ने हो, त्यो लिन सकेनौं भने त्यसको दोष अरुलाई दिएर मात्र उम्कन सकिँदैन । लोकतन्त्र आयो । हामीले लोकतन्त्र मिलेर ल्यायौं । तर हामीले कहिल्यै आफ्नो हित सोच्न सकेनौं । अर्थात् दीर्घकालीन हितमा ध्यान दिन सकेनौं । मूलभूत रुपमा सिधा, नपढेका जनतालाई दोष दिने ठाउँ छैन, किनभने उनीहरू जसको प्रभावमा छन् उसैको नजिक हुन्छन् । दोषी त पढेलेखेका र विद्धान भनिनेहरु हौं जसले विवेकको प्रयोग गर्न सकेका छैनौं । लोकतन्त्रले हामीलाई माथि उठ्न सक्ने वातावरण दियो । इमान्दार नेताहरूलाई दल भित्र र विभिन्न दल बाहिरकाले चुनावमा जिताउने अवसर प्राप्त भयो । तर हामीले सही बाटो लिन सकेनौं । सम्पति भएका र गलत किसिमले सम्पत्ति कमाएकालाई नै विश्वास ग¥यौँ। उनीहरूले पनि जनताको हित होइन अझ सम्पति कमाएर जनतालाई दास बनाउने र अशिक्षित बनाउने र पैसाको आधारमा मत किन्ने समेतका कार्य गरे । त के हामीले असल नेताहरू मात्र पठाएको भए भ्रष्टाचार यसरी मौलाउने थियो ?

दललाई भन्दा असललाई छानौं भनेको भए असल मानिस जुनसुकै दलको भए पनि भ्रष्टाचार गर्ने थिएन । समग्र रुपमा देशको हित नै गर्ने थियो । के राजनीतिक दलहरूमा मन्त्री समेतका पद पाएर पनि भ्रष्टाचार नगरेका मानिस छैनन् ?  के इमान्दार लोकन्त्रवादीहरु दल बाहिर पनि छैनन् रु लोकतन्त्रको माध्यमद्वारा समाजवादको स्थापना गर्ने र सबैलाई आर्थिक र अन्य रुपमा समानता दिने भिजन भएका  नेता दलहरू भित्र र बाहिर छैनन् ? छन् । हामीले दीर्घकालीन र स्थायित्व दिने कार्यतिर ध्यान दिनै सकेनौं । हामीले वास्तवमा अवसरको दुरुपयोग गरेका हौं । यो तथ्यलाई विचार गर्नु पर्दछ । तर साथसाथै इमान्दार राजनीतिज्ञहरूमा एउटा वाध्यता पनि थियो । उनीहरूसंग भ्रष्टहरूसंग जस्तो अकूत सम्पत्ति थिएन र चुनाबमा खर्च गर्न सक्ने अवस्था थिएन । देशभरका साथीहरुसंग पुग्ने अवसर थिएन । तर अवसर पाएका केही इमान्दारहरूको पक्षमा काम गरेर, उनीहरूको प्रशंसा गरेर र गोप्य मतदानमा उनीहरूलाई मत दिएर पनि त सहयोग गर्न सकिने थियो नि ! लोकतन्त्रमा विरोधको डर,  कानुनको डर हुँदाहुँदै त मानिस यति गल्ति गर्दछन् भने तिनै देशका मानिस लोकतन्त्र नभएको देशका नेता बन्दा के गर्लान् ? सोचौं ।
क्रमश….

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु