शनिबार, चैत्र १७, २०८०

वौद्ध भिक्षु र महिला..

13-150x150 -शोभाकर पराजुली 

नदीमा बाढी आइरहेको हुन्छ । वौद्ध भिक्षुहरू कतैबाट आफ्नो आश्रममा फर्किरहेका हुन्छन् । भगवान् वुद्धले महिलाको सम्सर्गमा नआउनु भनेका हुन्छन् । त्यहाँ महिलालाई नदी पार गर्नुपर्ने हुन्छ । सबै वौद्ध भिक्षुहरू ती महिलालाई छुनु र पारी पु-याउनु आफ्नो शीलको विपरीत हुने मानेर उनीहरूलाई सहयोग गर्न चाहँदैनन् । अन्त्यमा एक जना भिक्षुले उनीलाई नदी तार्न सहयोग गर्दछन् । उनले ती महिलालाई पारी तारे तर समस्या समाधान भएन । बेलुका अन्य भिक्षुहरूले ती भिक्षुले महिलाई छोएर शील उल्लंघन गरेको आरोप लगाउँछन् ।

महिलालाई तारेका भिक्षुले भन्दछन्–मैले नदी तार्दा एक जना नदी तर्न नसकेको मानिसलाई तारेको थिंएँ । तर तपाइँहरूले महिलालाई नै
तारेको देख्नु भएछ । मैले तारिदिंएँ र मेरो मनमा त्यो मानिसको बारेमा याद पनि त्यति छैन । तर तपाइँहरूको दिमागमा त अहिलेसम्म पनि त्यही घुमिरहेको छ । हो, सबै सन्त जस्ता देखिने सन्त हुदैँनन् । अन्य भिक्षुहरूले एकान्तमा र एक्लै ती महिलालाई तार्न पाएको भए तार्ने थिए र मानिसको रुपमा हेर्ने थिएनन्, महिलाको रुपमा मात्र हेर्ने थिए ।

वुद्धले महिलाको बारेमा पनि त्यही भन्नु भएको हो । मानिसहरूको रुपमा मात्र हेर्ने हो, कसैलाई महिला वा पुरुषको रुपमा हेर्ने होइन । जबसम्म मानिस मात्रलाई मानिसहरुको रुपमा मात्र हेर्ने क्षमताको विकास हुँदैन तबसम्म महिलालाई नछुनु भनेको महात्माको विचारलाई हामीले बुझ्न सकेनौं । के वुद्ध जस्ता महात्माले महिलाको हित नगर्नू भन्न सक्नु हुन्छ ? केवल उहाँले त समाजको वास्तविकतालाई उजागर गर्नु भएको हो । अझैं ढोका खुला गर्ने बानी बारेको प्रसंगले बिराम पाएको छैन ।

क्रमश……..