शुक्रबार, बैशाख १४, २०८१

यु–१९ साफ फुटबलको शिर्ष उपाधीका लागि नेपाल र भारत भिडदै

 

नेपाली खेलाडीहरुले संयमित प्रदर्शन गर्दै घरेलु मैदानको फाइदा लेट्न सके नयाँ इतिहास  कायम हुँने

काठमाडौं भाद्र १२ , ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज साफ यु–१९ फुटबल प्रतियोगित अन्र्तगत शिर्ष उपाधीका लागि दिउसो ३ बजे आयोजक download (4)नेपाल र भारत भिड्दै छन् । प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अफगानिस्तानलाई र भारतले बंगलादेशलाइ पराजित गर्दै फाइलन प्रवेश गरेका थिए ।

नेपाली टोलीसँग घरेलु मैदानमा हुन लागेको आजको यो खेल आफैमा महत्वपूर्ण रहेको छ । किनकी भारतलाई हराउन नेपाली टोलीलाई त्यती सजिलो छैन यद्यपी संयमता पूर्वक नेपाली खेलाडीहरुले संयमित प्रदर्शन गर्दै घरेलु मैदानको फाइदा ल’ट्न सके नेपालले नयाँ इतिहास रच्ने पक्षमा कुनै शंका छैन ।