बिहिबार, बैशाख ६, २०८१

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्ने

काठमाडौ भाद्र १० ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी आजबाट साफ यु–१९ फुटबल च्याम्पियनसिपका खेल अन्र्तगत आज download (4)दिउँसो साढे ३ बजे  समूह ‘बी’को विजेता भारत र समूह ‘ए’ को उपविजेता बंगलादेशवीच भएको दोस्रो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गरेको छ।

भारतको यो विजय संगै शनिवार नेपाल र भारत वीच प्रतियोगिताको फाइनल खेल हुँने भएको छ । यसअघि नेपालले आजै भएको खेलमा अफगानिस्तानलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।