शुक्रबार, बैशाख १४, २०८१

प्रम कोइरालाले भने- जारी हुने संविधानले सवै नेपालीको अधिकारलाई स्थापित गर्छ आन्दोलनले होइन

व्यवस्थापिका–संसद्को आजको बैठक प्रमुख दलका शिर्ष नेतृत्वको सम्बोधन

काठमाडौ श्रावण २८,  व्यवस्थापिका–संसद्को आजको बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले संविधानको मस्यौदामा sushil_koiralaचित्त नबुझेका विषयमा वार्ता, एकता र सहमतिबाटै समस्याको उपाय खोज्न आह्वान गर्नुभएको छ ।  साथै सम्बोधनको क्रममा प्रम कोइरालाल अब संविधान आउने निश्चित भएको र यसबाट फर्किने अवस्था नरहेको अभिव्यक्ति दिदै अवको दायित्व भनेको संविधान निर्माण हुन लागेका समयमा सहयोग पु¥याउन भएको बताउँनु भएको छ ।

त्यस्तै प्रधानमन्त्री कोइरालाले सबैका हक अधिकार जारी हुँने संविधानले गर्ने प्रष्टिकरण दिदै आन्दोलनको उपलब्धी अन्र्तगत प्राप्त सफलतालाई थप संस्थागत गनुपर्नेमा यो वात्यो बहानार्मा आन्दोलन र तोडफोड गर्नु न्यायोचित नभएको भन्दै आन्दोलनमा उत्रिएका समूहलाई वार्ता संवादमा आउन पनि आग्रह गर्दै जारी हुने संविधानले सवै नेपालीको हक अधिकारलाई स्थापित गर्ने बताउँनु भएको थियो ।

व्यक्ति व्यक्ति नेपालीका माग एकै पटक पूरा गर्न सकिन्न :  एमालेअध्यक्ष ओली

यसैवीच व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्दै नेकपा एमालेअध्यक्ष केपी शर्मा ओलीले संविधानमा व्यक्ति व्यक्ति  माग एकै पटक पूरा गर्न नसकिने बताउनु भएको छ । सम्बोधनको क्रममा नेता ओलीले सुझाव संकलनको समयमा जनताबाट प्राप्त जायज मागलाई संविधानसभाबाट संविधान जारी गर्ने दिनको अघिल्लो दिनसम्म समेटिने विश्वास दिलाउँदै मुलुकमा जातीय विद्रोह हुँदा के हुन्छ भन्ने कुरा विश्वले भोगेकै देखिएको सन्दर्भ उल्लेख गर्दै उहाले हिमाल, पहाड, तराई एक भई विकासका निम्ति समृद्धिका रुपमा अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

संविधान नबनाउन सकिएन भने ठूलो दुर्भाग्य : एमाओेवादी अध्यक्ष  प्रचण्ड
त्यस्तै एमाओेवादी अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले अब संविधानसभाबाट संविधान बन्न कसैले रोक्न नसक्ने जिकिर प्रस्तुत गर्दै अहिले हामी इतिहासको कठिन मोडमा उभिएको र जङ्गलमा बाटो बिराएका यात्री जस्तो विगतका आठ वर्ष गुज्रिए पनि दिवङ्गत गिरिजाप्रसाद कोइरालाले “जङ्गलमा बाटो बिराउँदा उही सुरुकै ठाउँमा पुगिन्छ” भन्ने भनाइको स्मरण गर्दै अध्यक्ष दाहालले उत्पीडित वर्गका अधिकारलाई सुनिश्चित गर्ने थलो संविधानसभा हो, संविधानसभा जनताको पक्षमा हुन्छ, परिवर्तनलाई रोक्ने पक्षले मात्र संविधानसभालाई रोक्ने प्रयास गर्ने बताउँनु भएको छ।  त्यस्तै उहाँले सम्बोधनको क्रममा धमिलो पानीमा माछा मारेर केही हुँदैन, पानीमा ढुङ्गा हानेर हुँदैन, देशलाई अन्धकारमा फर्काउने ? भन्ने प्रश्न सहित यस पटक पनि संविधानसभाबाट संविधान नबनाउन सकिएन भने ठूलो दुर्भाग्य हुने बताउनु भएको छ ।