शुक्रबार, बैशाख ७, २०८१

डा पोखरेल पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

मन्त्रिपरिषद्को बैठक: 

काठमाडौ श्रावण २८,  आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना cabinetआयोगका उपाध्यक्ष समेत रहेका डा .गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै प्राधिकरणमा रहने चार मन्त्रीहरुको पनि बैठकले टु गो पनि लगाएको छ जसअनसार उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा रामशरण महत, सहरी विकास मन्त्री डा नारायण खड्का, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पालाई नियुक्त गरेको छ भने प्राधिकरणको विज्ञ सदस्यमा भने तारानिधि भट्टराई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ । Dr.Gobindaraj-Pokhrel

त्यस्तै गरि आजको बैठकले सरकारले नेपाली सेनाको महारथी पदमा पदोन्नती गरी प्रधान सेनापति पदमा २०७२ साल भदौ २४ गतेदेखि लागू हुने गरी राजेन्द्र क्षेत्रीलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्नुको अलावा स्वास्थ्य सेवा प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूहको ११ औँ तह प्राविधिकमा डा रुणा झालाई र नेपाल स्टक एक्सचेन्ज लिमिटेडकोे अध्यक्षमा रामजी रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने विशिष्ट श्रेणी पदबाट श्रीधर गौतम र नवराज भण्डारीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु