शनिबार, बैशाख १५, २०८१

चार दलका शीर्ष नेतावीच असन्तुष्ट पक्षसँग वार्ता र मस्यौदा परिमार्जन गर्ने सहमति

काठमाडौ भाद्र ६, प्रमुख चार दलका शीर्ष नेतावीच प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले मुलुकको नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनको पछिल्लो प्रस्ताव अर्थात संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको विशेष समितिको sushil-kp-prachanda-bijayaबैठकमा छ प्रदेशबाट सात प्रदेशमा जाने तीन दलको सहमति प्रति फरकमत राख्दै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहित असन्तुष्ट पक्षसँग वार्ता गरी मस्यौदालाई परिमार्जन गर्ने सहमति कायम गरेको छ ।

त्यस्तै बैठकले संविधान जारी गर्ने अन्तिम समयसम्म धेरैभन्दा धेरै दललाई सहमतिमा ल्याई संशोधन गरेर भए पनि संविधान जारी गरिने तय भएको जानकारी दिदै आजै प्रधानमन्त्री कोइरालाले असन्तुष्ट सबै दल र पक्षलाई आन्दोलन छाडी वार्ता र सहमतिमा आउनसार्वजनिक आह्वान आग्रह गर्ने पनि सहमति भएको छ ।

आजको बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल एवम् एमाओवादका अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।