बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद् बैठकमा संविधान निर्माण प्रक्रियाका सम्बन्धमा समिक्षा

काठमाडौँ  भाद्र ६  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रमुख चार pm-niwas-baluwatarराजनीतिक दलबीच सङ्घीय प्रदेशको सीमा निर्धारणपछि उत्पन्न परिस्थिति र मुलुकको समग्र शान्ति सुरक्षा र यसवीचमा सिर्जना भएको घटनाक्रमबारे जानकारी गराउनुभएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकमा संविधान निर्माण प्रक्रिया संविधानसभाबाटै अघि बढोस् भन्नेबारे बैठकमा समीक्षा भएको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा रिजालले जानकारी दिदै बैठकले राष्ट्रिय दलित आयोगको सदस्यमा मञ्जित ताम्राकार र गोविन्द सुनार र फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको कार्यकारी निर्देशकमा विश्वमणि ज्ञवालीलाई नियुक्ति गन निर्णय गरेको छ ।