शुक्रबार, चैत्र १६, २०८०

नारावाजी, बहिष्कार र होहल्लाकावीच संविधानको परिमार्जित विधेयक संविधानसभामा प्रस्तुत

काठमाडौ भाद्र ६, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले नेपालको संविधान, २०७२ परिमार्जित विधेयक संविधानसभामा पेस गर्नुभएको छ । समितिका सभापति सिटौलाले उक्त विधेयक पेस गर्दै गर्दा राप्रपा नेपालका सभासदहरुले नाराबाजी गरेका थिए भने मजफो नेपाल(लोकतान्त्रिक), मजफो  (गणतान्त्रिक) , राष्ट्रिय मधेस समाजवादी पार्टी र सङ्घीय समाजवादी फोरम bicc-1नेपालले  बैठक बहिस्कार गरेका थिए ।

यस अघि विधेयक प्रस्तुत गर्दै संविधानसभा नियमावली, २०७०को उपनियम ९६ बमोजिम समितिलाई निर्देशन भएअनुरुप नेपाली जनताले आफ्नो प्रतिनिधिमार्फत जनताका लागि संविधान निर्माण गर्ने नेपाली जनताको आकांक्षा रअभिलाषा पूरा गर्न नेपालको संविधानको परिमार्जित विधेयक तयार गरी पेस गरेको बताउनुभएको छ ।

सभासद् जीतेन्द्र देवले संविधानसभाबाट पहिचान र सार्मथ्यका आधारमा संविधान बन्छ भनेर आफूहरुले सहमतिमा हस्ताक्षर गरेपनि त्यसको मसी सुक्न नपाउँदै विश्वासघात र धोका भएको भनी प्रमुख शीर्ष दलको आलोचना  गर्दै   मजफो नेपाल (लोकतान्त्रिक), मजफो (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टी र (सङ्घीय समाजवादी फोरम नेपाल)ले संविधानसभा बैठक बहिस्कार गरेको घोषणा गरेका थिए ।

त्यस्तै विधेयकमा एमाओवादी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) लगायतका दल सम्वद्ध सभासद्ले फरक मत राख्नुभएको छ । त्यस्तै विधेयकमा नेपाली काँग्रेसका महेन्द्र यादवले समेत फरक मत समेत प्रस्तुत गरेका छन । संविधानसभाको अर्को बैठक यही भाद्र ९ गते बिहान ८ः०० बजे बस्ने छ ।