शनिबार, बैशाख १५, २०८१

काँग्रेसको क्रियाशील सदस्य दोब्बर हुँदै, सिराहा, सप्तरी, पर्सा, रौतहटलगायत जिल्लामा जारी विवाद यथावत

 क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा पुगेको  समितिको दावी

काठमाडौ श्रावण २१,  १३ औं महाधिवेशनको तयारीमा रहेको मुलुकको सत्तारुढदल नेपाली काँग्रेसको आसन्न महाधिवेशनको विवादको nepali-congress-600x330मुख्य एजेन्दा  बन्दै आएको क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा पुगेको सम्वद्ध स्रोतले जनाएको छ । यस अघि १२ औं महाधिवेशनमा ३ लाख १७ हजार क्रियाशील सदस्य रहेको काँग्रेसको १३ औं महाधिवेशनमा क्रियाशील सदस्यको सङ्ख्या करिब छ लाख पुग्ने संभावना देखेपछि देशभर क्रियाशील सदस्यता वितरण गरिएकामा केही जिल्लामा विवाद सिर्जना भएको हो ।

प्रस्तुत विवादका कारण सदस्यता छानबिन गर्न केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहनुभएको केन्द्रँग्रसले क्रयाशील सदस्यता छानबिन समिति गठन गरेको थियो । समितिका अनुसार महाधिवेशनको मिति नगिचिदै गर्दा सदस्यता सम्बन्धमा देखिएका विवादबारे विभिन्न चरणमा छलफल गरी त्यसलाई अन्तिम निष्कर्षमा पु¥याउन तयारी भएको बुझिएको छ ।
यद्यपी सदस्यता विवादको मसख्य जरो रहेको सिराहा, सप्तरी, पर्सा, रौतहटलगायत जिल्लामा क्रियाशील सदस्यताको विवाद कायम रहेको थाहा भएको छ ।