शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ जिल्ला सभापति काँग्रेस कार्यलदको सुझाव

काठमाडौ आषाढ २१, नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले गत विहीवार र शुक्रवार काँग्रेस मुख्यालय विपी स्मृति भवन सानेपामा सम्पन्न भेलाले आसन्न पार्टीको १३ औ महाधिवेशन अन्र्तगत श्रावण महिनाकाृ लागि प्रस्तावित जिल्ला, क्षेत्र, गाउँ र नगरका अधिवेशन आगामी भाद्रमा गराउँने गरि मिति तोक्न पार्टी imagesनेतृत्वलाई सुझाव दिएका छन् ।

यसअधि प्रस्तुत जिल्ला सभापतिको भेलाको मुल निष्कर्ष अनुरुप रामनाथ अधिकारी, आङ्गेलु शेर्पा, सञ्जय गौतम, तारामान गुरुङ, कमल पंगेनी, गोविन्द ढुङ्गाना, अब्दुल रज्जाक, नरेन्द्र केरुङ, सीता यादव र वीरबहादुर बलायर सहितको गठित १० सदस्यीय कार्यदलले यस्तो सुझाव दिएको हो ।
त्यस्तै कार्यदलले आफ्नो सुझावमा गत बैशाख १२ को महाभूकम्पबाट प्रभावित जिल्लाका सर्वसाधारणलाई क्षतिको अनुपातका आधारमा प्रतिपरिवार रु पाँच लाख, तीन लाख र एक लाख सहयोग तत्काल उपलब्ध गराउनुपर्ने र उल्लेख गरिएको छ ।