शुक्रबार, बैशाख १४, २०८१

बोक्सीको आरोपमा महिलामाथिको दुव्र्यवहार नियन्त्रण गर्ने कसुर र सजाय विधेयक पारित

काठमाडौ श्रावण १२, व्यवस्थापिका संसद्को आजको बैठकमा महिलामाथिको दुव्र्यवहार नियन्त्रण गर्न र दोषीलाई कानुनी कारबाहीका गर्न biccलागि कसुर र सजाय ऐन विधेयक २०७१ सर्वसम्मतिले पारित गरेको छ । महिला,बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसीले उक्त विधेयक पारित गरियोस् भन्दै बैठकमा पेस गर्नुभएको विधेयकमाथिको सामान्य छलफल पछि बोक्सीको आरोप मा महिलामा माथि हुनेगरेको सवैखालका अपराधलाई निरुत्साहित गर्न र दोषीलाई कानुनी कारबाहीका दायरामा ल्याउनका लागि प्रभावकारी व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ ।

विधेयकमा कसुरदारलाई कसुर हेरी दण्ड सजाय, जरिवाना र क्षतिपूर्तिको व्यवस्था तथा कसुर गर्ने व्यक्तिलाई बढीमा पन्ध्र वर्षसम्म कैद र रु एक लाखसम्मको सजाय दिने उल्लेख गरिएको छ।

 त्यस्तै गरि आजको बैठकमा सरकारले व्यवस्थापिका संसद्को आजको बैठकमा सार्वजनिक खरिद पहिलो संशोधन विधेयक २०७२, राजर्षि जनक विश्वविद्यालय विधेयक २०७१, नेपालगन्ज विश्वविद्यालय विधेयक २०७१, खोप विधेयक २०७१, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विधेयक २०७१ प्रस्तुत गरेको छ । व्यवस्थापिका संसद्को अर्को बैठक श्रावण १५ गते अपराह्न ३ बजे बस्नेछ ।