बिहिबार, बैशाख १३, २०८१

मस्यौदा संविधानमा सुझावको ओईरो

काठमाडौ आषाढ ३१, जनताको सुझाव सङ्कलनका लागि स्थानीय तहमा पुगेको संविधानको पहिलो मस्यौदामा हालसम्म तीन हजार ५०० भन्दा बढी सुझाव bicc bhabanप्राप्त भएको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनाएको छ । समितिले आज सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेर टोल फ्री नम्बरबाट एक हजार ५० र वेभसाइटमार्फत एक हजार ५०० सुझाव प्राप्त भएको जानकारी दिएको हो ।

त्यस्तै सम्मेलनमा इमेलबाट एक हजार ११० तथा फ्याक्सबाट २८ वटा र हुलाकमार्फत सचिवालयमा १६ वटा सुझाव प्राप्त भएका छन् । वेभसाइटबाट प्राप्त भएका सुझावमध्ये विदेशबाट प्राप्त ५४३ सुझाव रहेका भन्दै प्राप्त भएका सुझावलाई प्रतिवेदनको ढाँचामा वर्गीकरण गर्ने कार्य आजैदेखि सुरु गरिएको समितिका सभापति प्रमिला राणाले जानकारी ििदनु भएको छ ।

त्यस्तै समितिले आगामी श्रावण ४ र ५ गते सञ्चालन हुने सुझाव सङ्कलनमा जनताको व्यापक सहभागिता हुने भन्दै समितिले संविधान निर्माणको महत्वपूर्ण कार्यमा सहभागी हुन जनतामा आह्वानसमेत गरेको छ । समितिले नेपाल राजपत्रमा पाँच हजार, संविधानको मस्यौदा पुस्तकका रूपमा दुई लाख, मस्यौदाको विशेषता एक लाख र मस्यौदाको पूर्ण अंश गोरखापत्रमा दुई लाख ५० हजार छपाइ गरी कुनै न कुनै रूपमा स्थानीय तहसम्म पु-याएको छ ।