शनिबार, बैशाख ८, २०८१

राष्ट्रपतिद्वारा समवेदना व्यक्त

काठमाडौ श्रावण १२, राष्ट्रपति डा रामवरण यादवले आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीलाई आज एक शोक सन्देश पठाउँदै भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको आकस्मिक निधनको खबरले आफू अत्यन्त दुःखित भएको बताउनुभएको छ । सन् २००८ को नोभेम्बरमा rambaran1कलामले गर्नुभएको नेपाल भ्रमणको स्मरण सहित काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा गर्नुभएको सम्बोधन तथा काठमाडौँमा दिनुभएको सार्वजनिक प्रवचनको नेपाली जनताले सस्नेह सम्झिरहेका राष्ट्रपतिले सन्देशमा उल्लेख गर्दै दिवङ्गत पूर्व राष्ट्रपति निःस्वार्थ ढङ्गले ज्ञानको खोजीमा लाग्नुभएको र त्यस्तो ज्ञान उहाँले बृहत् जन मानसमा अथकरुपमा फैलाउनु भएको बताउँदै सन्देशमा राष्ट्रपति यादवले जीवनको अन्तिम क्षणसम्म पनि उहाँ ज्ञान प्रचारकै लक्ष्यमा रहनुभएको उल्लेख गर्नुभएको छ ।

नेपाली जनता तथा युवा वर्गको हृदयमा उहाँले गहिरो छाप पार्नुभएको भन्दै राष्ट्रपति यादवले वैज्ञानिक, राष्ट्र नेता तथा भारतको राष्ट्रपतिका रुपमा नेपाल–भारत सम्बन्ध सुदृढ तुल्याउन अपरिमित योगदान गर्नुभएको स्मरण गर्नुभएको छ ।

त्यस्तै पूर्व राष्ट्रपति अब्दुल कलामको निधनबाट नेपालले एउटा असल मित्र तथा भारतले एक महान् वैज्ञानिक गुमाएको उल्लेख गर्दै छ सन्देशमा राष्ट्रपति यादवले दिवङ्गत आत्माको चीर शान्तिको कामना साथै नेपाली जनता, नेपाल सरकार र स्वयम् आफ्नातर्फबाट समवेदना व्यक्त गर्नुभएको छ ।