शुक्रबार, बैशाख १४, २०८१

सरकारले गर्यो संसद् अधिवेशन आह्वानको सिफारिस

काठमाडौ आषाढ १०, सरकारले राष्ट्रपतिसमक्ष आगामी  आषाढ १५ गते अपराह्न ३ बजेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको छ ।  बुधवार प्रम 25d25-1सुशील कोइरालाका तर्फबाट संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्य र सरकारका मुख्यसचिव लीलामणि पौड्यालले अधिवेशन आह्वानको सिफारिसपत्र राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रस्तुत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारको सिफारिसमा  राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने विधानत  व्यवस्था अनुरुप सरकारले यस्तो सिफारिस गरेको हो ।