बुधबार, बैशाख १२, २०८१

रामवरण यादवद्दारा संसद् अधिवेशन आह्वान

काठमाडौ आषाढ १०, राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्रीको सिफारिसमा यही असार १५ गते मङ्गलबारका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको छ 25d25-1। राष्ट्रपतिले नेपालको अन्तरिम संविधान–२०६३ को धारा ५१ को उपधारा ९१० बमोजिम व्यवस्थापिका–संसद्को अधिवेशन उक्त दिन अपराह्न ३ बजेका लागि आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाद्दारा जारी विज्ञप्त्मिा उल्लेख रहेको छ ।

यसअघि सरकारले राष्ट्रपतिसमक्ष आगामी आषाढ १५ गते अपराह्न ३ बजेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको छ । बुधवार प्रम सुशील कोइरालाका तर्फबाट संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्य र सरकारका मुख्यसचिव लीलामणि पौड्यालले अधिवेशन आह्वानको सिफारिसपत्र राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रस्तुत गर्नुभएको थियो ।