शनिबार, बैशाख ८, २०८१

नेपालकोे पुनःनिर्माणका लागि आज राजधानीमा दातृ सम्मेलन हुँदै

प्रम सुशील कोइरालाले उद्घाटन गर्नु हुने

काठमाडौ आषाढ १०, सरकारले गत बैशाख १२, १३ र २९ गतेको महाभूकम्प र त्यसपछिका श्रृखलावद्ध पराकम्पबाट क्षतिग्रस्त मुलुकको भौतिक संरचना, सम्पदा, धरोहर आदिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका लागि बाह्य सहयोग जुटाउने लक्ष्य सहित आज राजधानीमा नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलनको आयोजना गर्दैछ ।

 सम्मेलनको पहिलो सत्र अन्र्तगत अहिले बिहान ८ बजे सोल्टीक्राउन प्लाजामा सुरु हुने प्रस्तुत सम्मेलनको ८ः४५ बजे प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नु हुने भएको छ । त्यसअघि राष्ट्रिय गान, भूकम्पबाट निधन भएकाप्रति मौनधारण र भूकम्पबाट अधिक प्रभावित क्षेत्र तथा क्षतिग्रस्त भौतिक संरचनाको दृश्य समेटिएको वृत्तचित्रको प्रदर्शन सहित सम्मेलनकाृ औचित��यमाथि प्रकाश पार्दै अर्थ मन्त्री डा रामशरण महत बोल्ने कार्यक्रम तय भएको छ भने त्यसपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अतिथिको स्वागतार्थ स्वागत भाषण गर्नुहुनेछ ।

त्यसै गरी सम्मेलनको दोस्रो सत्र अन्र्तगत सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले ‘विपद्पछिको आवश्यकता मूल्याङ्कन’ भूकम्पपछिको पुनःस्थापना तथा पुनःनिर्माणका लागि रु छ खर्ब ६९ अर्ब आवश्यक पर्ने क्षेत्रगत विवरणयुक्त (पिडिएनए) प्रतिवेदन प्रस्तुत गर्नुहुने बुझिएको छ । त्यसपछि पिडिएनए प्रतिवृदनमाथि माथि छलफल गदै सहयोगका प्रतिबद्धता अभिव्यक्तको समयसिमा निर्धारण गरिएको छ । साथै सम्मेलनमा विभिन्न सहयोगी मुलकका तर्फबाट समेत विभिन्न प्रतिवेदन प्रस्तुत हुँने थाहा भएको छ ।