शुक्रबार, बैशाख १४, २०८१

पार्टी सभापति एवम् प्रम सुुशील कोइराला नेतृत्वको सवालमा पुर्णरुपमा असफल सावित भए : ऋषिकेश जङग शाह

ऋषिकेश जङग शाह ०४६ साल यतादेखि विभिन्न आरोह एवम् अवरोह पार गर्दै विधार्थी राजनितीमा होमिदै हाल नेपाल विधार्थी सङघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा पनर्वाह गर्दै हुनुहुन्छ । नेपाली काँग्रेसको महासमिति सदस्य समेत रहनु भएको युवा नेता शाह विगत देखिनै अविराम रुपमा आफ्नो कार्यक्षेत्रमा क्रियाशिल रहेकै कारण बेलाबखत पार्टीको शिर्ष नेतृत्वको कोपभाजनको अग्रसूचीमा पर्न गरेको स्मरण सुनाउँनु हुन्छ ।  साथै अहिले कांग्रेस केन्द्रीय समितिमा बिधार्थीसङघकै प्रतिनिधित्वको अनुभव सङगाल्दै जिम्मेवारी बहन गर्दै गरेका ९० प्रतिशत भन्दा बढि नेताहरुले काँग्रेसको नेतृत्व गरिरहंदा नेपाल विद्यार्थी सङघ भने आफ्नो अस्तित्व जोगाउन नसक्ने अबस्थामा पुग्नुलाई बिडम्बनाको प्रतिक भएको बताउँनुहुन्छ । काँग्रेसका नेताहरु जसलाई नेबिसङघले जन्माएर हुर्काएर त्यहाँसम्म पुर्यायो । उहाँहरुकै प्रहार र आक्रमणले आज नेबिसङघ कोमामा पुगेको बिरामी झै भएको विचार व्यक्त गर्नुको अलावा पार्टीलाई सधै संस्थागत निर्णयबाट चलाउने अभिव्यक्ति दिने तर सधैं कोठे निर्णयबाट चल्न चाहने पार्टी सभापति सुशील कोइराला अहिले कांग्रेसका सभापति र मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । तर दुवै प्रारुपमा उहाँको काम सन्तोषजनक नभएको र पछिल्लो पटक बिद्यार्थी सङघको महाधिबेशन उहाँकै निर्देशनमा स्थगित गरिएको दावी गर्नुहुन्छ ।

बालुवाटार प्रधानमन्त्री निवासमा पार्टी सभापति आदरणीय सुशील कोइराला बरिष्ठ नेता शेरबहादुर देउवा र पार्टीका सम्पूर्ण पधाधिकारीको उपस्थितिमा अधिवेशनको निर्णय भएको थियो । तर बालुवाटारबाट बाहिरिएपछि बैठकको निर्णय सङघका अध्यक्ष रन्जित कर्णले कार्यान्वन गराउन चाहेनन् । किन ? कसको दबाब र ताकतमा ? जबाफ एउटै छ त्यही कोइरालाको कोटरी जसले कोठाबाट पार्टी सञ्चालन गर्छ । त्यसको दबाब रन्जित कर्णले थेग्न सकेनन र त्यो निर्णय कार्यान्वन हुन् सकेन । अनि सार्कको कारण देखाएर नेबिसंघको महाधिबेशन स्थगित गरिएको उत्तेजक अभिमत व्यक्त.गर्नुहुने ���ूवा नेता शाहसङग समसामायिक प्रसङगमा केन्द्रीत रहेर श्रीजन झाले गर्नुभएको कुराकानीको साराशं

० मुलुकको विद्यमान सक्रमणकालीन अवस्था प्रति राजनैतीक युवाकर्मीको दृष्टिबाट तपाईको विश्लेषण ?

मुलुकमा अहिले मात्र होईन ०४६मा प्रजान्त्रको पूर्नस्थापना भएयतादेखिनै आम नेपाली जनताको र हामी युवाहरुले जुन सपना सङगालेका थियौं त्यो आफैमा जिजिविसामा रुपान्तरण भएको अवस्था छ । यसविचमा जनताले जुन आशा र अपेक्षा सहित आन्दोलनमा होमीए त्यसको सुनवाई गर्ने पक्षमा कुनैपनि राजनतीक दल र त्यसका जिम्मेवार भनाउँदा नेताहरु मुकदर्शक बन्दै आफु अनुकुलका कार्य सम्पादनमा रमाउँदै जनताको चाहनलाई बुझ्ने जमर्को गरेनन भन्ने मेरो बुझाई हो । त्यस्तै ०६/०६३ को अर्को आन्दोलन पछि झनै यो प्रवृतिले मौलाउँदै गएको अवस्थाका कारण अहिले मुलुक यो वा त्यो बाहनामा सक्रमणकालको भूमरीमा फस्दै गएको सहजै अनुभूत गर्न सकिन्छ । ।

० के त्यसो हो भने मुलुकका नेताहरु जनताप्रति अनुउत्तरदायि भएको नै होत ?

अवश्य पनि, यदि मुलकका जिम्मेवार एवम् शिर्षनेतृत्व जनता प्रति उत्तरदायि भएको हो भने आज आम नेपालीले यो अवस्था देख्नुपर्ने थिएन । व्यक्ति र पार्टीको स्वार्थ भन्दा जनादेश अनुरुप पहिले मुलुकमा विद्यमान सक्रमणकालको अन्त्यका लागि राजनीतिक सघर्षलाई थाँती राखेर चाडो भन्दा चाडो यसको व्यवस्थापन गरेर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउँनेतर्फ केन्द्रीत हुनुपर्ने हो । मुलुकमा बढ्दो बेरोजगारीको समस्या कसरी समाधान गर्ने ,कसरी युवा शक्तिलाई विदेश पलायन हुँनबाट रोक्दै भौतिक निर्माण र समयानुकल शिक्षा सहित समृद्ध मुलुकको मार्गचित्र कोर्ने भन्ने प्रसङगमा बहस हुनुपर्नेमा ठिक त्यसको विपरितका सवालमा केन्द्रीत हुँदै गरेका ति नेताहरुलाई कसरी जनताप्रति उत्तरदायि भएको मान्ने ? अहिले यत्र तत्र सर्वत्रअसहमतिका यस्तै आवाज मात्र गुन्जीरहको छ ।

० मुलुकको नितिनिर्माण तहमा युवा नेतृत्वको बर्चश्व नभएर यस्तो भएको होकी ?

नितिनिर्माण तहमा युवा नेतृत्वको बर्चश्व नभएर यस्तो भयो भन्नुभन्दा पनि विगतको तुलनामा धेरै युवानेताहरु विभिन्न राजनैतीक दलहरुबाट निर्वाचित , समानुपातिक वा मनोनयन भएर आएका छन् । तर उहाँहरुले पनि शिर्ष नेतृत्वको दवाव र प्रभावका कारण कुनै काम गर्न नसकेको अवस्था एकातर्फ छ भने अर्कोतर्फ वशेष गरेर मधेशवादी दल ति दलका नेता र एमाओवादीका नेताहरुले समन्नुत मुलुकको चाहन गर्दै गरेका आम नेपालीहरुको भावनमा माथिनै प्रहार गर्दै कहिले जातिय मुद्धा त कहिले के मुद्धा उठान गर्दै आईरहेका छन । जुन मुद्धालाई सम्बोधन गर्दैगर्दा मुलक कहिले पनि प्रगतिपथमा अगाडि बढ्नै सक्दैनन । समग्रमा भन्नुपर्दा आफु र आफ्नो स्वार्थमा सहायक सिद्ध हुँने किसिमबाट राजनैतिक विश्व परिवेसमानै अस्विकार गरिएका मुद्धाको उठान नेपालमा हुदै गर्दा आशातित रुपमा दुईदुई पटक संविधानसभाको निर्वाचन भईसक्दा पनि संविधान जारी हुन सकेनन ।

० प्रतिवद्धता अनुरुप निर्धारित मितिमा संविधान जारी गर्न नसक्दा मुलुकका राजनैतिक दलका नेताहरु फेलिएर भएकोनै हो नी ?

परीक्षा दिदै गर्दा त्यो परीक्षाको नतिजा आएन भने परीक्षा आफैमा अर्थहिन हुन्छ र यसवीचमा पनि यस्तै अवस्था सिर्जना भएको हो । अर्थात मुलुकका सवै दलका नेताहरुबाट निर्धारित मितिमा संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त भएको अवस्थाका वावजुद पनि सकारात्मक नतिजा नआउदा खेरी उहाँहरु फेलियरनै भएको अवस्था हो । यद्यपी त्यो समयमा नियोजित प्रारुपमा जुन वातावरण सिर्जना गरियो त्यसको महत्वपूर्ण अर्थ रहन्छ । त्यस्तै नेताहरुको काम गर्ने शैली र र असहमतिलाई ट्याकल गर्न सक्ने ल्याकतमा देखिएको कमजोरी पनि एक प्रमसख कारण हो । तर अझैसमय बाँकी छ । अवका दिनमा गम्भीर भएर समयको महत्वलाई पहिचान गर्दै अगाडि बढ्ने हो भने निरास भैहाल्नुपर्ने अवस्था छैन नेताहरु पनि असहमतिकावीच पनि सहमति खोज्ने प्रयासमा रहेका छ । हो यहि प्रयास  अनुरुप नयाँ पुस्ताका नेताहरुलाई पनि स्पेस दिदै अव मुलुकलाई संविधान दिनुपर्छ ।

० मुलुकले सहजै संविधान पाउँछ भन्नेमा विश्वस्त हुनुहन्छ ?  

दोस्रो संविधानसभाले संविधान दिनसकेन भने मुलुक गम्भीर दलदलमा फस्ने अवस्था आउँन सक्छ । त्यसअर्थमा पनि संविधान जारी गर्नुको विकल्प छैन । त्यस्तै मुलुकमा संविधान जारी गर्न दलका नेताहरु गम्भीर हुँदै ढीलो चाँडो भएपनि सहमतिमा आउनुको विकल्प छैन । उहाँहरुले संविधान जारी गर्ने पक्षमा मौनता साँध्दै गर्दा संविधान नपाएर मुलुुकको भविष्य मात्र होईन स्वयम उहाँहरुको भविष्य पनि अन्धकार उन्मुख हुँदै जान्छन ।

० विधार्थीसङघका युवा नेताहरुलाई पार्टी भित्रबाटै प्रताडित बनाउँदै उनिहरुको भूमिका लाई ओझेलमा पारियो नी होईन ?

निश्चित रुपमा पटक पटक विधार्थीसङघको अधिवेशन स्थगन गर्दै काँग्रेस पार्टी भित्रबाट क्रियाशील युवाहरुको भूमिका तथा प्रभावकारीता माथि नै प्रहार गर्ने काम भएकोछ । जसले गर्दा मइले अगाडि पनि भने कि नेविसङघबाट उत्पादन भएका युवा नेताहरुले काँग्रेस केन्द्रीय समितिमा प्रतिनिधीत्व गर्दैगर्दाको अवस्थामा उनिहरुबाटनै सङघको प्रभावकारितालाई निस्तेज बनाउँने काम हुनु भनेको आफैमा दुखद पक्ष हो ।

पार्टीले जहाँ जसरी जे गर्दा हुन्छ त्यसरीनै युवा शक्तिलाई चलायमान बनाउँनु पर्नेमा ठिक यसको विपरितका कार्य गर्दा आज विधार्थी नेताहरुको अवस्था अत्यन्तै गम्भीर र शोचनीय भएको छ । त्यस्तै मुलुकमा प्रजातन्त्र पूर्नस्थापना पछिको समयमा स्थानीय निकायको निवार्चन हुन सकिरहेको अवस्था छैन ।यदि यसवीचमा स्थानीय निकायको निर्वाचन भइदिएको भए त्यतातर्फ पनि युवा शक्तिलाई परिचालित गर्दै गाउँ–गाउँबाट युवा नेतृत्व को अपेक्षा गर्न सकिन्थ्यो ।Prabin-8419

ल ठिक छ स्थानीय निकायको निर्वाचन हुन सकेनन रे कम्तिमा स्वतन्त्र विद्यार्थीको पनि निर्वाचनको वातावरण बनाउँन सकिन्थ्यो नी, त्यो पनि हुन सकिरहेको छैन । समग्रमा काँग्रेसमा मात्र नभएर अरु पार्टीमा समेत शिर्ष र जिम्मेवार नेतृत्व भनाउँदा नेताहरुको अर्कमण्य शोच र युवा नेतृत्वको विकासलाई बन्धक बनाउँने आत्माघाती नियतिले गर्दा नेपालमा युवाहरुको राजनीति भविष्य सन्देहको घेरामा पर्दै आइरहेका छन ।

० के त्यसो हो भने पार्टी नेतृत्वको कारणले गर्दानै विधार्थी सङगठनको निर्वाचन हुँनु  नदिएको हो भनेर बुझदा हुने हो ?

अहिलेको कालखण्डमा पार्टीको शिर्ष नेतृत्व तहबाटै विधार्थी नेताहरुको नेतृत्व विकासको पक्षलाई अवरुद्ध पार्ने काम हुँदै आएको सहजै बोध गर्न सकिन्छ । त्यस्तै शिर्ष नेतृत्वले राम्रो नेतृत्व भन्दा पनि हाम्रो नेतृत्व भन्ने मनोभावबाट अभिप्रेरित हुँदै पार्टी र पार्टीका भातृसङगठनमा क्रियाशील युवा नेतृत्वलाई नयाँ आयाम कोर्ने अवसरबाट बन्चित गर्ने नियोजित प्रपञ्च अन्र्तगत विधार्थी सङठनको निर्वाचन यो वा त्यो बहानामा हुन र गर्न नदिएको हो भन्नुमा कुनै धक मान्नु पर्ने अवस्था छैन ।  त्यस्तै यसको अर्को मुख्यकारण पक्ष भनेको पार्टी सभापति एवम् प्रधानमन्त्री सुुशील कोइरालाको पुर्ण असफल नेतृत्व हो भन्ने मेरो बुझाई छ । यदि उहाँले पार्टीको नेतृत्व गर्दैगर्दा मेरो मान्छे र उसको मान्छे भन्ने जस्तो विभेदमा अल्झीनुको साटो भातृसङगठनको नेतृत्वमा जो निर्वाचित भएर आएपनि आए पनि काँग्रेस कार्यकर्ता आउँने हो भन्ने भावना उदारता पूर्वक अङ्गीकार गरेको भए आज यस्तो दिन आउँने नै थिएन । हो आज पार्टी सभापति कोइरालाको यि र यस्ता अनुदारित शोचका कारणले काँग्रेस भित्र यस्तो अवस्थाको सृजना भएको छ । त्यस्तै एकातर्फ भातृसङगठनको निर्वाचन गराउँन नसक्नु अर्काे तर्फ देशको प्रधानमन्त्रीको जिम्मेवारी लिदै गर्दा प्रतिपक्षदललाइ मिलाउँन नसकेको अवस्थालाई हेर्ने हो भने उहाँ सभापति र प्रधानमन्त्री दुबै भूमिकामा असफल हुनु भएको छ ।

० पार्टी सभापति कोइरालाले नेविसङघको नेतृत्वमा आफ्नो मान्छे निर्वाचित हुँने अवस्था नदेखेर पछिल्लो समय अधिवेशन स्थगन गराईयो भन्न खोज्नुभएको हो ?

अवश्य पनि हेुनुस चौसठ्ठी जिल्लाको सफलता पूर्वक अधिवेशन सम्पन्न हुदै गर्दा आप्mनो पक्ष निर्वाचित नभएको आंकडाबाट अतालिएर सङगठनको बाँकी १२ जिल्लामा प्रायोजित वा नियोजित रुपमा विवादको विजारोपण गर्ने काम भएकै हो । तरपनि विवादित भनिएको जिल्लामा दुवै पक्षका बराबरको संख्यामा नेतृत्व दिदै विवादको समाधान गर्नेतर्फ कुनै चाहनानै देखाउँदा आज सङघको केन्द्रीय अधिवेशन हुन नसकेको हो । यद्यपी अझैपनि केहि गरौ भन्दैगर्दा बैठकमा एउटा कुरा गर्नुहून्छ र बाहिर आउने वित्तिकै अर्को कुरा गर्नु हुन्छ र बैठकमा भएको कुरालाई लागु गर्न सक्नुभएन । थप शब्दमा भन्नुपर्दा सभापति कोइरालाले जुन भूमिका निर्वाह गर्नुपर्ने हो त्यो जिम्मेवारी वहन गर्न सक्नु भएन । त्यस्तै उहाँले आफ्नो पक्ष वा मानिसहरु सहजै जितेर आउँछन् भने अधिवेशन सम्पन्न गराउने नत्र भने अधिवेशन नगराउने आत्माघाती सोच अङिकार गरेकै कारण यस्तो अवस्था आएको हो ।

० काँग्रेसको १२औ एकताको महाधिवेशन पछि अझै गुटउपगुटका प्रवृति मौलाउँदै जानु न्यायिक होत ?  

पार्टीको १२ औं महाधिवेशन पछि अझैपनि यो वा त्यो गुट अझै पनि छ । पार्टी एक भयो भने पनि न्यायिक रुपमा त्यसो हुन सकेको अवस्था छैन । विवाद त जहाँ पनि हुन्छन । तर विवाद भयो भन्दैमा प्रकृयानै अवरुद्ध गर्नु भनेको नेतृत्वको असफलता हो । त्यहि कारण आज आम काँग्रेस कार्यकर्ता निरास भएको छ । हजारौ कार्यकर्ता विदेश पलायन भएको अवस्था छ । यस्ता अनेको कुराहरु छन् यी सबै कुराको जिम्मेवारी सभापति सुुशील कोइरालाले लिनुपर्छ ।

० अन्तमा ?
आफ्नो कार्यकालमा राष्ट्र र दलका लागि जे जति गर्न सकिन्छ त्यो गर्ने हो । जीवनमा हामीले आर्जन गरेको सम्पति पनि त्यहि नै हुन जान्छ । त्यसकारण आप्mनो कार्यकालमा राम्रो गर्ने हो । सबभन्दा बढी मान्छेहरुलाई कसरी सन्तुष्ट बनाउन सकिन्छ र सहि नयाँ मार्गचित्र कोर्न सकिन्छ त्यसको पहिचान गर्दै देश र दलमा विद्यमान संक्रमणकालको अवस्थालाई निकास दिन सवैले आ९आफ्नो ह रतप्काबाट योगदान गर्नुपर्छ भन्ने मलाई लागेको छ ।
त्यस्तै काँग्रेसको आसन्न १३औ महाधिवेशनमा फेरि पनि पार्टी सभापति सुुशील कोइरालाले पनि सभापतिमा लड्ने भन्ने कुरा सुनिदैछ । विगतमा उनले म एउटा कार्यकाल मात्रै सभापति हुन चाहान्छु भन्दै गर्दा उहाँलाई सविनय आग्रह गर्दछु कि तपाई पार्टी सभापतिको जिम्मेवारीमा रहदै गर्दा पार्टी र कार्यकर्ताको लागि मईले के गरे भनेर शोच्न र अनिमात्र उम्मेदवारीको निर्णय गर्नु भन्न चाहन्छु । त्यस्तै काँग्रेस, एमाले , एमाओवादी र मधेस केन्द्रीत दलका नेताहरुलाई २०० बर्ष कोहि पनि बाँच्न सक्दैन । सवैको अन्तिम यात्रा भनेको आर्यघाटनै हो । त्यस अर्थमा पनि आफ्नो कार्यकालमा छिटो भन्दा छिटो सहमति कायम गर्दै संविधान जारी गर्नेतर्फ निणायक पहल गनर्’होस रम’ल’कको अर्थतन्त्रलाई बलियो बनाउँदै आम नेपालीले बोकेको समृद्ध नेपाल निर्माणको चाहना पुरागर्नेतर्फ अग्रसर हुँन आग्रह गर्दछु ।