शुक्रबार, बैशाख १४, २०८१

संयुक्त सरकारको कारण सरकारको ‘डेलिभरी’मा समस्या देखिएको छ : गगन

युवा नेता गगन भन्छन- सरकार धेरै पटक आफ्नो काममा चुकेको छ

 विद्यार्थी आन्दोलनका  दिनहरुलाई कसरी सम्झनुहुन्छ ?

 विद्यार्थी जिवनबाटै म राजनीति तर्फ झुकाव राख्न थालेको हुँ । मेरा लागि सबै कुरा विद्यार्थी राजनीतिबाटै शुरु भएका हुन । समग्रमा भन्दा हरेक परिवर्तनमा विद्यार्थीको भूमिका महत्वूर्ण रहन्छ ।

नेपाल विद्यार्थि सङघको राजनीतिक यात्राले धेरै नेताहरु जन्मायो तर विद्यार्थिहरुलाई सधैं आन्दोलनका हिस्साहरुमा मात्रै सिमित राखियो नि, अवसरहरु किन दिंइदैन विद्यार्थीहरुलाई ?  

» तँपाईले भने जस्तो म पनि यो विषयमा गम्भिर छु । म स्वयं यसको शिकार भए धेरै पटक तर काम गर्दै जाँदा सहि समयमा विद्यार्थीको योगदानलाई पार्टीले कदर गर्दछ भन्ने विश्वासमा काम गर्नु
पर्दछ ।

(अब मूल राजनीतिमा फकौ ) संविधान जारी हुन नसक्नुको मूल कारण के हो ?
» सङघीयतामा प्रान्तको नामाकरण र सिमाङकनको विषयले गर्दा दलहरुबीच सहमति जुट्न नसक्दा संविधान जारी हुन नसकेको हो । तपसिलमा अन्य कारणहरु भएपनि मूल कारण भनेको सङघीयता नै  हो ।
समस्याको समाधान के हुन सक्छ ?
» सिमाङकनको विषयमा त्यही क्षेत्रका जनताको अभिमत लिंदा उपयुक्त हुन्छ । त्यसकालागि जनमत संग्रह गर्दा राजनीतिक बाटो खुल्न जाने देखिन्छ । त्यही नै सही बाटो हुन्छ ।

पार्टीको महाधिवेशन पनि घोषणा भयो तर यस्तै ढर्राले नेपाली काँग्रेस कतिञ्जेल चल्ने हो ?

» पार्टी भित्रकोे आन्तरिक लोकतन्त्रको सुदृढिकरण सहित नेपाली काँग्रेसलाई वि.सं.२००६ सालको जस्तो जिवन्त बनाउन १३औं महाधिवेशनले बाटो खोल्नेछ । पार्टीको केन्द्रदेखि इकाई सम्म सञ्चालनको लोकतान्त्रिक र प्रविधिको भरपुर प्रयोग गर्दै सङगठनलाई चुस्त दुरुस्त पार्ने अभियानमा हामी छौं । पार्टी सञ्चानको एउटा ठोस पद्धतिको विकास र निरन्तरता आवश्यक छ ।

६०/ ४०को भागवण्डा कारण कार्यकर्ताहरुको भावनाको कदर नभएको गुणासाहरु बढीरहेका छन् । के भन्नुहुन्छ ?
» दुई गुटको कारण पार्टी अप्ठेरो अवस्थामा भएको म स्विकार्दछु । पार्टीको सङगठन कमजोर भएको कुरा पनि सत्य हो, तर हामी मास बेस पार्टी भएकाले जनता हाम्रो पक्षमा उभिन्छ भन्ने हाम्रो ठूलो विश्वास हो । लोकतन्त्रमा जनता भन्दामाथि कोही हुँदैन् । तर तँपाइले भने जस्तै केही अवसरवादीहरुको झुण्ड हावी हुँदा दलका इमान्दार कार्यकताहरु निरास छन् । आउँदो महाधिवेशनबाट यी सबै खाले विकृतिलाई भत्काएर इमान्दार कार्यकर्तालाई पुरस्कृत गर्दै थप कामको अवसर दिने र गुट उपगुटको राजनीतिलाई समाप्त गर्दै पार्टीलाई समय सापेक्ष अघि बढाउने हाम्रो प्रयास निरन्तर जारी रहीरहनेछ । म ६०र ४०को भागवण्डाको परिपार्टीलाई भत्काएर विशुद्ध लोकतान्त्रिक पद्धतिको विकासका पक्षमा छु ।

काँग्रेस नेतृत्वको सरकारको ‘डेलिभरी’ प्रति जनताको असन्तोष बढ्दो छ नि ? तँपाइ त पार्टीको केन्द्रीय सदस्य पनि हुनुहुन्छ, यो विषयलाई कसरी लिनुभएको छ ?
» प्रधानमन्त्री आफ्ना मन्त्रीहरु आफैं छान्न सक्दैनन, मन्त्रीहरु प्रधानमन्त्रीप्रति मन्त्रीहरुको जवाफदेहिता छैन र प्रतिपक्षले आफ्नो भूमिकाको महत्व नै बुझ्न नसक्दा सरकारको ‘डेलिभरी’मा तँपाइले भने जस्तो जनताको अन्तोष देखिन्छ । केही हदसम्म संयुक्त सरकारको कारण र केही हदसम्म प्रधानमन्त्रीको कारण यस्तो अवस्था आएको हो ।  यो सरकार धेरै पटक आफ्नो काममा चुकेको पनि छ । अहिले खासगरी कुनै पद्धतिले काम गर्न सकेको छैन् । हाम्रो पार्टीको केन्द्रीय समितिको बैठमा यो कुरा पटक–पटक उठाइएको पनि छ ।

अन्तर्राष्टिय समूदायमा यो परिस्थितिले के सन्देश गइरहेको छ त ? विश्लेषण वा समिक्षा केही हुन्छ पार्टी भित्र ?
» यो निकै गम्भीर सवाल गर्नुभयो । हामी पार्टी पङक्तिं यो विषमा निकै संवेदनशिल छौं । तर संक्रमणकालिन यो अवस्थामा सबै कुरा सबै ठाउँमा सहि नहुँदा रहेछन् । व्यवस्थापनको कमजोरी महशुस हुन्छ । यद्यपी हामी छिमेकी देशहरु र दातृ निकायलाइृ आस्वत पार्नै हरसम्भव प्रयासमा छौं । उनिहरु पनि संविधान जारी भई राजनीतिक स्थिरताको पक्षमा रहेको हामीले बुझेका छौं ।

अन्तमा, नेपालको विद्यार्थि आन्दोलन र नयाँ पुस्तालाई के भन्नुहुन्छ ?  

» सान्दर्भिक कुरा जोड्नुभयो, नेपालको विद्यार्थी आन्दोलनको समिक्षा इतिहासले गर्ला तर म विद्यार्थीहरुको सहभागिताले लोकतन्त्रलाई मजवुद बनाउँदछ भन्ने कुरामा विश्वास राख्दछु । अर्को कुरा विद्यार्थीहरु अव सामाजिक रुपान्तरणका लागि सशक्त भएर लाग्नुपर्ने बेला आएकाले त्यो बाटोमा हिंडन आह्वान पनि गर्दछु ।