शुक्रबार, बैशाख ७, २०८१

आफुलाइ लोकतन्त्रको मसिहा मान्ने अनि जनतासङग फैसला माग्न जनमत सङग्रमा जानुपर्दा पछि हट्ने, यो कहाँको लोकतन्त्र हो : लोकेश ढकाल

“त्यसकारणले यो मुद्दालाई दलभित्रैबाटै नेतृत्व लिनु पर्छ काँग्रेस केन्द्रीय कार्यसमितिको बैठमा यो विषय प्रवेश गराईनु पर्छ र विधिवत रुपमा छलफल गरेर सकिन्छ भने यो संविधानसभाबाट यदि सकिदैन भने जनमत सङग्रहबाट नै निर्णय गर्न् नेपाली काँग्रेसले हिम्मत गर्नुपर्छ ”

नेपाली काँग्रेसको आस्था विस्वास अनि  विद्यमान संरचनाको प्रतिविम्व विपी कोइरालाको विचारलाइ छोड्दै गिरिजा प्रसाद कोइराला लगायतका तत्कालीन शिर्ष नेताहरुले नेपालको राष्ट्रियताका पहिचान बोकेको प्रसङगमा जनादेश विपरित अझ भनौ हतास मनस्थितीका उपज स्वरुप गरेको धर्म निरपेक्षता लगायतका यावत निर्णयलाइ अव सच्याउनु पर्छ , यदि यो निर्णय कार्यान्वयन गर्ने हो भने पनि त्यसको लागि जनमत लिनु पर्छ , त्यस्तै लोकतन्त्रमा सर्वोकृष्ट तथा अन्तिम निर्णायक शक्तिका केन्द्र मानिने जनताको आदेशको उपेक्षा गरिनु भनेको आफैमा तानाशाही भएको विचार व्यक्त गर्नुहुन्छ काँग्रेस महासमिति सदस्य लाकेश ढकाल ।  त्यस्तै लोकतन्त्रको कुरा गर्ने, आफुलाइ लोकतन्त्रको मसिहा मान्ने अनि जनतासङग फैसला माग्न जनमत सङग्रमा जानु पर्दा पछि हट्ने,आफु र आफ्नो अनुकुलको जनविरोधी निर्णय थुपार्दै लोकतन्त्रक दुहाइ दिने । यो कहाँको लोकतन्त्र हो । यदि नेता वास्तिवक जननेता हो भने सङघीयता होस वा शासकीय स्वरुप वा धर्म निरपेक्षता नै किन नहोस यि यस्ता मुद्धामा निर्णय लिन सहमतिका लागि सहमति होइन जनमतसङग्रमा जाने आँट गर्नु पर्छ र अनिमात्र लोकतन्त्रको मर्मले सार्थकता पाउँने विचार अभिव्यक्त गर्नुहुन्छ ।

यसैक्रममा २०६२/०६३ को जनआन्दोलन पछि पुनःस्थापित संसद्ले नेपालको भूराजनीतिक यथार्थ, राष्ट्रियता र यसको संवेदनशीलता, हाम्रा परमपरागत धार्मिक, सामाजिक एवम सांस्कृतिक मूल्य, मान्यता र आम जनताको विचार र भावनाको पर्वाह नगरी परम्परागत रूपमा चलिआएको सामाजिक सद्भावलाई खलल् पुग्ने गरी धर्म निरपेक्ष राष्ट्र घोषणा गरे पछि नेपालको परम्परागत धर्म र संस्कृति माथि नियोजित रूपमा आक्रमण गरी सामाजिक सद्भावलाई विथोलेर राष्ट्रियतालाई नै कमजोर बनाउन गरिएको षड्यन्त्र विरुद्ध   भन्दै  नेपाललाई हिन्दू राष्ट्र बनाउने महाअभियान  सुरु भएको  छ ।  हो यसै अभियान अन्र्तगत धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र स्थापनाका लागि काँग्रेस भित्रको महाअभियानमा सक्रिय रहदै आउँनु भएका प्रष्ट वक्ता एवम् काँग्रेसको महासमिति सदस्य समेत रहेका युवा नेता लोकश ढकालसङग मुलुकका केहि महत्वपूर्ण सवालमा केन्द्रीत रहेर कान्तिपुर हटलाइन डटकमका लागि श्रीजन झाले गर्नुभएको विस्तुत कुराकानीको सारअंङश यहाँ प्रस्तुत गरिएको छ ।

० मुलुकमा धर्मनिरपेक्षताका नाममा नयाँ धार्मिक आन्दोलनको सुरुवात भएको हो ? 

मुलुकलाइ धर्मनिरपेक्ष राख्ने कि, सापेक्ष राख्ने, हिन्दू धर्म, वुद्ध धर्म राख्ने कि भन्ने सन्दर्भ अत्यन्त्यै गम्भीर प्रसङग हो । नेपालको राष्ट्रियतासङग, परम्परागत महत्व राख्ने यो विषयलाइ हचुवाको भरमा आवेगमा आएर जनचाहनाको उपेक्षा गर्दै विगतमा हामीले जुन निर्णय लियौं त्यो जनताको चाहना थिएन ।  त्यसमाथि पनि नेपाली काँग्रेसले धर्म निरपेक्षतामा जाने  विषयमा कहिले पनि कुनै पनि टेवलमा भनको विषय होइन । यो त  केवल तत्कालिन शिर्ष नेताहरुवीच भएको १२ बुँदे समझदारी, शान्तिप्रक्रिया र संविधानसभाको निर्वाचनमा जाँदै गर्दा यो मुद्धा नियोजित स्वार्थको उपज स्वरुपमा घुसाइयो । यस अर्थमा सनातन कालदेखि राष्टिय पहिचानका प्रारुपमा रहदै आएको धर्म निरपेक्षताको सवाललाई अव काँग्रेसलेनै किनारा लगाउनुपर्छ र यस वीचमा भएको गल्तीलाई काँग्रेसलेनै सच्याउनु पर्छ भनेर धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र स्थापनाका लागि काँग्रेस भित्रको महाअभियान सुरु भएको हो । समग्रमा भन्नु पर्दा काँग्रेस भित्र मौलाएको वैचारिक विचलन, वी.पी. कोइरालाको बिचारको उपेक्षा गर्ने प्रवृति लगायतका   विषयलाई निरुत्साहित गर्दै काँग्रसलाई सहि दिशामा ल्याउन अभियानको सुरुवात गरिएको हो ।

काँग्रेस भित्रैबाट यो अभियानको थालनी गर्दै गर्दा कतै काँग्रेसमानै वैचारिक विचलन आउने  त होइन ?  

नेपाली काँग्रेसमा स्थापनाकाल देखि अहिलेसम्म सानातिना विवादहरु भएका होलान तर विचारको कारणले काँग्रेस कहिले पनि विभाजन भएको छैन ।  हो काँग्रेसमा मौलाएको  सत्ता स्वार्थले गर्दा   विगतमा  फुटको सामाना  गर्नुपर्यो  तर त्यो वेग्लै प्रसङग हो   । विचारको कारणले नेपाली काँग्रेसमा विवाद भएको अथवा विभाजन हुन खोजेको अहिलेसम्म मैले देखेको छैन । त्यस्तै अहिलेको हिन्दूको मुद्दाले पनि नेपाली काँग्रेसलाई फुटाउँने होइन जुटाउने काम गर्छ । काँग्रेस भनेको सबैको विचारलाई समेट्ने लोकतान्त्रिक मध्यमार्गी पार्टी हो यदि काँग्रेले विगतको सनातन परम्परा धर्म दर्शन छोडेदै जाने हो भने कोबाट के अपक्षा गर्ने ? त्यसैले यो महाभियानको थालनिले काँग्रेसमा बिग्रह होइन अझ बढी सङगठित हुने सम्भावनालाइ बढावा दिन्छ

गएको संविधानसभाको परिणाममा हेर्ने हो भने राप्रपा नेपालले पाएको मत त्यो राप्रपा दलले पाएको होइन त्यो मत विचारले पाएको हो । काठमाडौमा त शिक्षित र सचेत मतदाताहरु भएको मानिन्छ नि त्यै पनि राप्रपाले दोस्रो स्थानमा मत ल्यायो त्यो मत भनेको काँग्रेको हो हिन्दूको मुद्दाले गर्दा त्यो मत राप्रपामा गयो । त्यसैले यो महाभियानको थालनिले गर्दा काँग्रेस झन सङगठित हुन्छ । त्यसकारणले यो मुद्दालाई दलभित्रैबाटै नेतृत्व लिनु पर्छ काँग्रेस केन्द्रीय कार्यसमितिको बैठमा यो विषय प्रवेश गराईनु पर्छ र विधिवत रुपमा छलफल गरेर सकिन्छ भने यो संविधानसभाबाट यदि सकिदैन भने जनमत सङग्रहबाट नै निर्णय गर्न् नेपाली काँग्रेसले हिम्मत गर्नुपर्छ ।

० पछिल्लो समयमा तपाइहरुले पार्टी भित्र कुनै भूमिका नपाएर आफ्नो भूमिकाका लागि प्रस्तुत मुद्धाको उठान गरेको भन्ने आरोप _MG_0333छनी त ?

भन्नेहरुले के भने त्यो महत्वपूर्ण पक्ष होइन हामीले के का लागि कुन प्रसङगको उठान गरेका छौं त्यस्को गहिराइको मापन पहिल्येै हुँनुपर्छ  ।  हा्े तपाइले भने जस्तै निवार्चनमा टिकट नपाएका, दल भित्र कुनै हैसियत नभएका, भ्रष्टाचारका मुद्दा लागेकाहरुले दलभित्र भूमिका खोज्नाका लागि खोलिएको यो अभियान हो भन्ने कुरा नेपाली काँग्रेस भित्रैबाट भन्नेहरु पनि छन् । लोकतन्त्र हो लोकतन्त्रमा सबैलाइ भन्ने छुट छ । मुद्दा नभएर वा मुद्दाका लागि मात्र भनेर वा आफ्नो भूमिका लागि यो विषय उठाइएको भन्ने साथीहरुलाइ म एकपल्ट गम्भीर भएर प्रस्तुत मुद्धाको मर्म र औचित्यको गहिराई मापनका लागि चिन्तन गर्न् विन्म आग्रह गर्दछु । अनि त्यसपछिको निष्कर्ष के हो स्वाभाविक रुपमा बोध हुन्छ ।

त्यस्तै यो मुद्दा नितान्त मुलुकको आत्मासङग नेपाली जनताको धड्कनसङग र राष्ट्रियतासङग, जोडिएको छ । पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्म नेपालको राजनीतिमा नेपालको राष्ट्रियता यति कमजोर भएको हामीले देखेका छैनौ । ती सबै पक्षलाई विश्लेषण गर्दै जब नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएयता यो वा त्यो बाहनामा नेपालका हिमाल पहाड तराइका बीचमा बलजप्ती सुनियोजित ढङ्गले द्वन्द्व सिर्जना गराइयो ।

हिजोका दिनसम्म नेपाली जनतालाई एक सूत्रमा बाँधेर राखेको हिन्दूत्वको विषयले रहेछ । आज मुस्लिम समुदायहरु स्वमय भन्छन् हिजोका दिनहरुमा हामी सुरक्षित थियौं तर आज धर्मनिरपेक्ष भएपछि हामी असुरक्षित भएका छौ । हिजोका दिनमा हज गर्न जाँदा हामी हिन्दू राष्ट्रबाट आएका हौं भन्दा खेरी एउटा बेग्लै किसिमको सम्मान हुन्थ्यो तर अहिले हुँदैन । त्यस्तै दशा वुद्धिष्टहरुको छ । हिन्दू राष्ट्र हुँदाखेरी तराई, मधेस, हिमाल र पाहाड सबैलाई एक सूत्रमा बाँधेको थियो । आज धर्मनिरपेक्ष हुँदा देश दिनानुदिन सङटमा फसेको स्थितीलाई विश्लेषण गर्दै हामीले हिन्दू राज्य चाहिन्छ भनेर यो महाभियान सुरु गरेका हौं । नकि कुनै पद वा भूमिका ।

० राज्यको कुनै धर्म हुँदैन तर तपाइहरु धर्मलाई संविधानत व्यवस्था सहित लैजानु पर्छ भन्दै गर्दा विषयाअन्तर भएन र ?

हेर्नुस, विश्वमा ५१ देश क्रिश्चियन हुने त्यति नै सख्यामा मुस्लिम देशहरु हुने तर संसारमा एउटै मात्र हिन्दू राष्ट्र नेपाल किन नहुने । त्यसमाथि पनि ओमकार परिवारलाइ समेत आधार मान्ने हो भने ९३.३ प्रतिशत भन्दा बढी जनता हिन्दू भएको देशमा जनतासङग सोध्दै नसोधिकन कसको डिजाइनमा हिन्दू राष्ट्रलाइ हटाएर धर्मनिरपेक्ष राष्ट्र घोषणा ग-यो त्यसको जवाफ पहिला खोज्नु प-यो । अनि धर्म धर्मनिरपेक्ष  र सापेक्षताको बहस आफैमा सार्थक रहन्छ । हामी जनतालाई पनि नसोध्ने, हाम्रा परम्परागत मूल्य र मान्यताको पनि पर्वाह नगर्ने अनि धर्मनिरपेक्ष भनेर घोषणा गर्ने ? नेपालको गरिबी र अशिक्षाको पाइदा उठाउदै अभावमा रहेकालाइ  दवाव दिदै  जसरी  धर्म परिवर्तन गराउँने श्रुखला नेपालमा मौलाएको छ । त्यतातिर कसैको ध्यानाकर्षण भएको छैन मुलुकको स्थिती कहाँबाट कहाँ पुगिसक्यो यो कसैको सरोकारका विषय बन्न सकेको छैन । अनि अभियान सुरु हुदै गर्दा यो वा त्यो भन्दै अनेकन कुरा गर्ने ?    हिन्दू राष्ट्रका लागि महाभियानको थालनी गर्ने हामी नेपाली काँग्रेसका कार्यकर्ता भन्दा पहिला नेपाली नागरिक हौं यसअर्थमा मुद्धाका गाम्भिर्यता लाई मनन गर्दै देश र देशको अस्मिताको रक्षाका लागि सुरु भएको प्रसङ कसरी विषयाअन्तर हन्छ । धर्म निरपेक्षताको घोषणा कसको डिजाइनजमा अझ भनौ कुन शक्तिलाइ खुसी बनाउँन यो निणय गरियो त्यतातर्फ खोजविन हुन पर्छ भन्ने हाम्रो माग पनि हो ।

० मुलुकको पहिलो संविधानसभा जातियवादले गर्दा विघटन भयो अहिले धार्मिक मुद्दा आइरहेको छ कतै फेरी संविधानसभा भाड्ने कार्य त भइरहेको छैन हामीले कसरी बुझने ? 

तपाइले सोधेको विषय विभिन्न तरिकाले हामीमाथि लाग्ने गरेको आरोपका अर्को प्रारुप पनि हो । हिजोका दिनहरुमा हामीले यो विषयको उठान गर्न सक्नुपर्ने थियो । तर उठान गर्न सकेनौ । त्यतिबेला राजनीतिक परिस्थिति पनि भिन्नै थियो र यदि त्यतिबेला यो विषयको उठान हामीले गरेका थियौं भने सायद संविधानसभाको निर्वाचन नै भाड्ने भडुवाको आरोप पनि लाग्न सक्थ्यो होला । यद्यपी आज ढिलो भएपनि हामीले यो विषयका उठान गरेका छौ । अहिले मुलुकमा दोस्रो संविधानसभा क्रियाशील रहको छ । त्यो विधानसभाले आगमाी माघ ८ गतेनै संविधान जारी गर्नु पर्छ भन्ने हाम्रो जोड छ । जनताको चाहना र अपेक्षा अनुसार यो संविधानसभाले नै यो विषयलाइ इनकरपोर्रेट गरोस भन्ने हाम्रो चाहना सहितको अडान पनि हो ।

० माघ ८ गते संविधान जारी हुन्छ भन्ने सवालमा बिश्वस्त हुनहुन्छ त ?

 मुलुकको प्रमुख दलहरुवीच संविधान निर्माणको सवालमा देखिएको अन्तरविरोधको पक्षलाइ हेर्ने हो भने माघ ८ गतेनै संविधान जारी हुँने संभावना आफैमा न्यून रहेको अवस्था हो । यद्यपी संविधानका विवादित प्रमुख सवाललाइ जनताको माझ लैजाने सामुहिक कमिटमेन्ट गर्दै दलहरुले यसवीचमा भएका सहमतिलाइ एकिकृत गदै भएपनि लोकतान्त्रिक संविधान जारी गनुपर्छ ।

० यदि संविधानमा हिन्दुत्वको मुद्धालाई सम्बोधन नगरिए स्वीकार गर्न नसकिने अभिव्यक्ति दिनुभएको छनी होइन ?

हामी प्रजातन्त्रवादी भएकै कारण मुलुकमा विद्यमान सक्रमणकालको अन्त्य गरिनका लागि पनि संविधान जरुरी छ । हामीले उठान गरेको मुद्धाका कारणनै संविधान जारी नहोस भन्ने हाम्रो किमार्थ चाहना पनि होइन । तर सकिन्छ भने यहि संविधानमानै राष्ट राष्टियताको पहिचान बोकेको आदिकाल देखि निरन्तरता पाउँदै आएको हिन्दूत्वको भावलाई सम्बोधन गरियोस भन्ने हो । कसैको लहडमा वा अझ भनौ व्यक्तिको व्यक्तिगत अभिष्ट पूरा गर्न राष्टिय पहिचानका रुपमा रहेको मर्ममा प्रहार नगरियोस भन्ने मात्र हो ।

त्यस्तै माघ ८ गते संविधाननै जारी भयो र हाम्रो मुद्धालाई सम्बोधन गरिएन भने पनि हाम्रो यो लडाई समाप्तनै हुने पनि होईन । हामी निरन्तर सघर्षमा रहने छौं । आज नभए भोलि पक्कै पनि जनता जागेपछि प्रस्तुत मुद्धालाई सम्बोधन गर्न् दलहरु बाध्य हुनेछन । त्यस अर्थमा पनि दलहरुले बेलैमा बुद्धिमता पूर्वक जनतामाझ हामीले संविधान निमार्ण गर्न् यो यो मुद्धामा सहमति बनायौं तर शासकीय स्वरुप ,सङघीयता र हिन्दूत्वको मुद्धा किनारा लगाउँन सकेनौ भनेर जाने हो भने भोलिका दिनमा जनादेश अनुरुप जे निर्णय हुन्छ त्यो सर्व स्विकार्य हुन्छ ।

काँग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान भनिरहँदा काँग्रेस केन्द्रीय समितिले यो अभियान किन सम्बोधन गरेन त ?
हेर्नुस परिवार भित्र पनि यदि कुनै बिचार आउछ भने त्यस विचारको आवश्यकता र मार्मिकतालाइ सम्बोन गरेर भ्यान्टिलेट हुनुदिनु पर्छ । यसको लागि छलफल हुनु पर्छ । छलफल भएपछि एउटा किनारको पहिचान हुन्छ त्यसपछि त्यसको राम्रा पक्षलाई स्वीकार गर्दै अगाडि बढुनुपर्ने हुन्छ । तर नेपाली काँग्रेस ठूलो प्रजातान्त्रिक दल भएर पनि विधि र पद्धतिमा चल्न सकेको छैन । काँग्रेस केन्द्रीय समितिको बैठक नबस्दा पनि केहि नहुँने बेथिती काँग्रेस भित्र छ ।
प्रजातान्त्रिक पार्टीको सात महिना पछि एउटा केन्द्रीय समितिको बैठक बस्यो त्यो पनि किन त भन्दा आफैमा मृत्यृवरण हुन लागिसकेको आफ्नो कार्यकाल एक वर्षका लागि बढाउन । त्यो वेला पनि त्रिवेणी महासमितिको बैठकमा चार पाँच सय जनाको हस्ताक्षर सहित उठेको यो मुद्धालाइ प्रवेश गराउने तयारी थियो । तर यो मात्र होइन कुनै मुद्दाले प्रवेश पाउन सकेन र बिचारको प्रवाह हुन पाएनन । दलका सबै सङगठनहरु चल्ने तीनलाइ जिवन्तता दिने र तीनका नियमन गर्ने भनेको केन्द्रीय कार्यसमितिले हो ।तर नेतृत्वले बिचारको प्रवाह गर्न नदिएपछि हामीले बाहिरबाटै अभियानको सुरुवात गरेका हौं ।

०  अन्तमा  ? 
विगतका जस्तो विषम पस्थितीमा पनि अविचलित निर्णय गर्दै अगाडि बढेका काँग्रेस केन्द्रीय कार्यसमितिमा एकताको १२ औ महाधिवेशन पछि पनि देखिएको गुटगत र भागवण्डाको राजनितिको धरातलबाट माथि उठ्दै पार्टीका धरोहर विपि कोइराला गणेशमान जीको विचार र आदर्शलाई मनन गर्दै वर्तमान सिङगो काँग्रेसकार्यसमितिले नाममा मात्र होइन व्यवाहरमा समेत रुपान्तरण गर्न सफल होस । त्यस्तै विगतमा पार्टी नेतत्वले गरेको गल्तीलाई बहस एवम विचारबाट सार्थक बहसमा परिणत गर्दै आफुलाइ क्रियाशील गराउँदै आम कायकर्तामा अपन्त्वको भाव सिर्जना गर्न सकोस भन्दै ज्ञानेन्द्रको प्रत्यक्ष शाषनमा समेत महाधिवेसन गराउँने पार्टी नेतृत्वले अवका दिनमा यो वा त्यो वहानमा महाधिवेशनलाइ धकल्ने काम नहोस भन्ने कामना गर्दछु ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31