शुक्रबार, बैशाख १४, २०८१

आम हड्तालको फिर्तासङगै ३० दलीय मोर्चाभित्र विवादको विजारोपण

प्रचण्ड र गच्छदारको रवैया प्रति आपत्ती

काठमाडौं चैत्र २५,   एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आफ्नो पूर्वघोषित तीनदिने आम हड्तालको पहिलो दिन मङगलवार साँझ बसेका समिक्षा बैठकले बुधबार र विहीबारको लागि तय गरेको आमहड्ताल फिर्ता  गर्दै   चैत्र २६ गते रौतहटमा आमसभा गर्ने र मोर्चाको अर्को बैठकबाट आन्दोलनका नयाँ  कार्यक्रम निर्धारण गर्ने निर्णय पनि गरेको छ ।  तर  यो निर्णयसङगै  मोर्चाभित्रको विवाद फेरि चर्किएको छ ।

समाचारस्रोतका अनुसार मङगलवारको बैठकमा ३० दलीय मोर्चाभित्रकै केही समूहले पूर्व पूर्वघोषित आमहड्ताल जारी राख्नुपर्ने अडान राखेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले आमहड्ताल लम्ब्याउँदा जनतामा नकारात्मक असर पर्ने र अहिले हड्तालका विरुद्धमा चौतर्फी दबाब बढेको भन्दै आम हडतालका कार्यक्रम फिर्ता लिनुपर्ने प्रस्ताव जवरजस्त पासगराइ पछि मोर्चामा तिव्र विवाद देखिएको हो ।

स्रोतका अनुसार यसवीचमा  मोर्चामा कडा आन्दोलनका लागि लविङ गर्दै आएको मोर्चाको एक घटक मधेसीजनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव रअरु नेताहरुका वीच    बैठकमा भनाभनको स्थितीनै पैदा भएको र अध्यक्ष यादवले आन्दोलन फिर्ता गरेकोमा कडा आपत्ति प्रकट  गरेको   थाहा भएको छ ।  त्यस्तै बैठक लगत्तै  नेता यादवले  विज्ञप्ति निकालेर आमहड्ताल फिर्ता लिने निर्णयप्रति असन्तुष्टि जनाएपछि मोर्चाको विवाद फेरि सतहमा आएको हो ।  यद्यपी आम हड्ताल फिर्ता गरेको मोर्चाको उक्त बैठकले रौतहटका जनताको मागलाई समर्थन गर्दै चैत २६ गते मोर्चाका सबै शीर्ष नेता सहभागी भई सम्बोधन गर्ने कार्यक्रम तय गर्दै चैत्र २७ गतेहर्को बैठक बसेर थप आन्दोलनका कार्यक्रम तय गर्ने बताएको छ ।