शुक्रबार, बैशाख १४, २०८१

१२औं विश्व मुवाँ थाइका पदक विजेता तथा प्रशिक्षक खत्री सम्मानित

काठमाडौ चैत्र १३ , अन्तरजिल्ला क्लव कलङकीले गत बुधवार एक कार्यक्रमकावीच थाइल्यान्डको बैंककमा मार्च ९ देखि १६ तारिखसम्म भएको १२ औं विश्व मुवाँ थाइ प्रतियोगितामा नेपालको तर्फबट सहभागी भई कास्य पदक जित्न सफल विजेताद्धय क्रमस सूर्यबहादुर बुढाथोकी र छुल्टिम लामालाई सम्मान गरिएको छ ।

त्यस्तै सोहि सम्मान समाहरोमा अलिवा स्टार कोच पास गर्नु भएको युवा यूवा बक्सर प्रशिक्षक किशोर खत्री केसीलाई रु पाँच र ट्रायक शुट प्रदान गरी अभिनन्दन गरिएको थियो । सम्मान कार्यक्रममा कल्वका अध्यक्ष देभेन तण्डुकारको सभापतित्वमा सम्पन्न् भएको थियो ।