शुक्रबार, चैत्र १६, २०८०

भारतलाई पराजित अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौ चैत्र १२, विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको भारत र अस्ट्रेलियावीचको सेमीफाईनल खेलमा ९५ रनअन्तरमा भारतलाई पराजित  गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आजको खेलमा अस्ट्रेलियास्थित सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर ३२९ रनको चुनौती पेस गरेको थियो भने तर जवाफी ब्याटिङमा उत्रिएको भारत ४६।५ ओभरमा २३३ रन जोड्दा अल आउट भएको थियो । अव आइतबार अस्ट्रेलियाले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।