शनिबार, बैशाख १५, २०८१

यौन धन्दामा संलग्न हाफदर्जन महिला पक्राउ

 काठमाडौं पौष १३, वडा प्रहरी कार्यालय धनगढीले स्थानीय केही होटल तथा रेष्टुराँमा गरिएको छड्के निरीक्षणका क्रममा यौन क्रियाकलाप गराउन एक होटलमा बसेका create_thumbहाफदर्जन महिलालाई शनिबार नियन्त्रणमा लिएको छ ।

अश्लील कार्य गर्ने गराउने उद्देश्यले विभिन्न स्थानबाट आई बसेका ती छजना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले होटलमा छापा हान्न थालेपछि केहीले व्यक्तिगत घरमा कोठी सञ्चालन गरी यौन धन्दा चलाउन थालेको समाचारमा उल्लेख गरिएको छ ।