शुक्रबार, बैशाख १४, २०८१

न्युयोर्कमा दुई प्रहरीको हत्या पछि आक्रमणकारी आफैले गरे आत्महत्या,न्युयोर्कभर सुरक्षा ब्यबस्था कडा

एजेन्सी पौष ६, अमेरिकाको न्युयोर्क शहरमा एक बन्दुकधारीको गोली प्रहारबाट दुई जना प्रहरी मारिएका छन् । गस्तीमा रहेको प्रहरीको गाडीभित्र रहेका दुई प्रहरीलाई २८ वर्षीय बन्दुकधारी इस्मायील ब्रिन्स्लेले गोली प्रहार गरेको अन्तराष्ट्रियसमाचरमाध्यमहरुलेजाएको छ । साथै गोली प्रहार लगत्तै अस्पताल पुर्‍याइएका प्रहरीहरु वेन्जीयान लिउ र राफेल रामोसलाई अस्पतालले मृत घोषित गरेको हो ।

गोली प्रहार लगत्तै शववे स्टेशनतर्फ भागेका बन्दुकधारीले आफैलाई समेत गोली हानी आत्महत्या गरेका छन् । घटना लगत्तै न्युयोर्कभर सुरक्षा ब्यबस्था कडा गरी अनुसन्धान थालिएको छ । न्युयोर्कका प्रहरी कमिस्नर बील ब्राटनले बन्दुधकारीले प्रहरीलाई बर्दीकै लागी निशाना बनाएको बताएका छन् । न्युयोर्क शहरमा गोली प्रहारका घटना बारम्बार हुने गरेपनि प्रहरी अधिकारीलाई निशाना बनाईएको भने सन् २०११ पछिको यो पहिलो घटना हो ।