शनिबार, बैशाख ८, २०८१

सैन्य विद्यालयमाथिको आक्रमणमा संलग्न व्यक्तिहरु पाकिस्तानी अधिकारीको नियन्त्रणमा

एजेन्सी पौष ७,   पाकिस्तानको पेशावरस्थित सैन्य विद्यालयमा १ सय ३२ जना स्कुले विद्यार्थीसहित १ सय ४१ जनाको ज्यान लिने गरी भएको नरसंहारमा संलग्न रहेको आशंकामा विभिन्न  व्यक्तिलाई पक्राउ गरिएको छ । पाकिस्तानी आन्तरिक मन्त्री चौधरी निसार अली खानले आक्रमणको सहजकर्ताहरुलाई पक्राउ परेको जनाउ दिएको समाचारमाध्यमहरुले जनाएको छ ।

समाचार स्रोतहरुका अनसार उक्त नरसंहारपछि तालिवानले अर्को आक्रमणको योजना बनाउदै गरेको गोप्य जानकारी प्राप्त भएको स्थानीयअधिकारीहरुलाइ उदत गर्दै प्राीत समाचारमा उल्लेख रहको छ भने उत्तर पश्चिम बजिरिस्तानमा पाकिस्तानी सेनाले आफुहरु विरुद्धको सैन्य कारवाहीको जवाफमा सैन्य स्कुलमा आक्रमण गरेको स्पष्टिकरण तालिवानले दिएको बताइएको छ ।

घट्नापछि पाकिस्तानमा स्थगन गरिएको मृत्युदण्डको सजायंलाई व्यूत्याउदै केहीलाई मृत्यु दण्डको सजाय समेत दिइसकेको छ । हिजो मात्र सन् २००३ मा तात्कालिन राष्ट्रपति परवेज मुशर्रफको हत्या योजनामा संलग्न चार जनालाई मृत्युदण्ड दिइएको हो समाचरस्रातहरुले जनाएकोछ ।