बुधबार, बैशाख २६, २०८१

 प्रमुख दलहरुवीच बनेन् सहमति,संवाद समितिको बैठकमा सत्ताधारी दलले बुझाए ४३ सभासद्को हस्ताक्षर

काठमाडौ मङ्सिर १, संविधानका विवादित सवालमा प्रमुख दलहरुवीच विद्यमान यावत असहमतिकालाइ सहमतिमा रुपान्तरण गर्ने भन्दै पटक sambidhan-sabha2-214पटक दलहरुवीच औपचारिक रअनौपचरिक बैठक भएपनि कुनै नितिगत समझदारी कायम गर्न नसकेपछि आज बसेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा सत्ताधरी दलको तर्फबाट प्रस्तुत भएको साझा प्रस्तावलाई जस्ताको  त्यस्तै संविधानसभामा प्रस्तुत गर्नुपर्ने माग गर्दै समितिका सभापति डा बाबुराम भट्टराईलाइ नेपाली काँग्रेस र नेकपा (एमाले)लगायतका दलले ४३ सभासद्को हस्ताक्षर बुझाएका छन् ।

समितिका रहेका ७१ सभासद्मध्ये ४३ जना सदस्यको सयुक्त हस्ताक्षर सहित सत्तारुढ दलका तर्फबाट केही समय पहिले समितिमा प्रस्तुत भएको प्रस्तावका विषयमा सहमति जुट्न नसकेको अवस्थामा संविधान निर्माण प्रक्रियालाई सहजरुपमा अगाडि बढाउन आज हस्ताक्षर बुझाइएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

यसअघि सकमति बनिहाल्छकी भन्दै दिनभरजसो दलहरुवीच बैठक भएको थियो तथापी बैठकबाट कुनै उपलब्धी हुन नसकेपछि साँझ ६ बजे संवाद समितिको बैठक सुरु भएलगत्तै काँग्रेसका उपसभापति पौडेलले बहुमत सदस्यको हस्ताक्षर पेस गर्नुभएको हो । हस्ताक्षर गर्नेमा सत्ताधारीदल काँग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्वेन्द्र पासवान र दुई स्वतन्त्र सभासद् रहेका छन ।

त्यस्तै बैठकपछि पत्रकारहरुसङग कुरा गर्दै समितिका सभापति डा भट्टराईले आफूले दुवै पक्षलाई मान्य हुने गरी प्रस्ताव पेस गर्न लाग्दालाग्दै सत्ताधारीदलले एक्कासी बहुमत सदस्यको हस्ताक्षर पेस भएको प्रतिक्रिया दिदै दुवै पक्षले जित्ने र अपनत्व महसुस गर्ने गरी प्रतिवेदन तयार पार्ने प्रयास भइरहेको बेला अप्रत्यासित तबरले हस्ताक्षर बुझाउने काम हुँदा झन अन्यौल बढेको बताउँनुभएको छ । यद्यपी छलफलबाटै यसलाइ पनि किनारा लगाइने उहाँको अभिमत रहेको थियो । तर काँग्रेस उपसभापति पौडेलले संविधान निर्माण प्रक्रियालाई सहज ढङ्गले नै अगाडि बढाउन हस्ताक्षर बुझाइएको बताउँदै समितिका सभापतिले तत्काल निर्णय गर्नुपर्नेमा जोड दिनु भएको थियो ।